५१ हजारसहित आठ जना जुवाडे पक्राउ

  विराटनगर / विराटनगरबाट ५१ हजारसहित आठ जना जुवाडे पक्राउ परेका छन् । विराटनगर महानगरपालिका ३ स्थित तास खेली रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ८ जनलाइ आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा विराटनगर ३ का ३९ वर्षीय नारायण राई ,अमित कार्की, ३८ वर्षीय भुवन के.सी., ४० वर्षीय दैलेश कुमार कार्की , मोरङ बुढिगंगा गाउँपालिका वडा नं.१ बस्ने वर्ष ४८ का भूपेन्द्र राई , बुढिगंगा गाउँपालिका वडा नं.२ बस्ने वर्ष ६४ का पूर्ण पाण्डे, सोही ठाउँका ४वर्षीय तीर्थ के.सी. र ४९ वर्षीय कृष्ण बहादुर मगर रहेका मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट ५१ हजार २९८ रुपैयाँ पनि बरामद गरेको छ पक्राउ परेका ८ जनालाई जुवा कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ

बुधबार, ०८ भदौ, २०७९, बिहानको ०६:४० बजे

सम्बन्धित खवर