राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाको नेतृत्व चयन

  दमक/ राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको दमकमा आज मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट शारदा ढकाल रिजालको नेतृत्वमा जिल्ला कार्यसमिति चयन भएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा ढकालसहित ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले बिर्तामोड, दमक र भद्रपुर नगरपालिकाबाट ४/४ जना र अन्य पालिकाहरुबाट २/२ जना गरी ३५ जनाको जिल्ला समिति चयन गरेको बताइएको छ । नवगठित समितिको पहिलो बैठकले संगठनको पदाधिकारी चयन गर्ने जनाइएको छ । समितिको अध्यक्षमा सारदा रिजाल चयन भएकी छन् ।

बुधबार, ०८ भदौ, २०७९, बिहानको ०६:४७ बजे

सम्बन्धित खवर