कमल गाउँपालिकामा बालमैत्री योजना

दमक, असोज ८/   झापाको कमल गाउँपालिकाले बालमैत्री योजना अघि सारेको छ ।
स्थानीय तहका हरेक पूर्वाधार बालमैत्री हुनुपर्ने माग भइरहेका बेला यस्तो योजना अघि सारिएको हो । ‘खुशी राखाँै बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार’ भन्ने नाराका साथ आगामी फागुन मसान्त सम्ममा गाउँपालिकालाई बालमैत्री स्थानीय तहका रुपमा घोषणा गर्ने कार्यक्रमलाई तिव्रताका साथ अगाडी बढाएको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेल बताउनु भयो ।
सबैभन्दा पहिले बालमैत्री वडा घोषणा गर्ने वडालाई विकास बजेट बाट १० लाख रुपैया र सबै भन्दा पहिले बालमैत्री घोषणा गर्ने सामुदायिक विध्यालय अन्तरगत पहिलो हुनेलाई १ लाख ५० हजार दोश्रोलाई एक लाख र तेश्रोलाई ५० हजार रुपैया बाट प्रोत्साहन स्वरुप नगद प्रदान गरिने अध्यक्ष काफ्लेले बताउनु भयो ।
बालमैत्री गाउँपालिका घोषणा गर्नकालागी आवश्य पर्ने ५१ वटा सुचक मध्ये ११ वटा सुचक पुरा भइसकेको उहाँको भनाइ छ । अन्य धेरै सुचकको नजिक पुगेका छौ, उहाले भन्नुभयो । सबै मिलेर कार्यक्रमलाई निरन्तता दिदै अघि बढ्ने योजनाका साथ कार्यक्रम तय भइसकेको कार्यकारी अधिकृत काजिमान राईले जानकारी दिनुभयो ।
गाउँलाई फागुन मसान्त सम्ममा बाल मैत्री घोषणा गर्न सकिने कमल गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले बताउनु भयो ।
गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त स्थानिय तह घोषणा कार्यक्रममा सहजकर्ता सुमन ढकालले सहजीकरण गर्दैहुनुहुन्छ ।

शुक्रबार, ०८ असोज, २०७८, बिहानको ०८:१२ बजे

सम्बन्धित खवर