जनप्रतिनिधीको सक्रियतामा विकासले फड्को मार्दैछ– बाबुराजा श्रेष्ठ

गौरीगञ्ज, ८ असोज /  झापाको दक्षिण भूगोलमा रहेको गौरीगञ्ज गाउँपालिका पूर्वपश्चिम राजमार्गको दमक–पाडाजुँगी खण्डबाट करीब २५ किलोमिटर दक्षिणमा पर्छ । भारतीय सीमासंग जोडिएको यो शहर पुरानो भइकन पनि विकासमा पछि परेको क्षेत्र भनेर चिनिँदै आएको थियो तर पछिल्लो समय जनप्रतिनिधीको सक्रियतामा विकासले फड्को मार्दै आएको छ ।
विकासका भौतिक तथा पूर्वाधार प्रशस्त भएर पनि कतिपय योजना कार्यान्वयन हुन सकेका छैनन् । भौतिक पूर्वाधार, सामाजिक चेतना, मानिसको जिवनशैली, सूचना प्रविधीमा पहुँच आदि समेतलाई विकासको सूचकका रुपमा हेरिन्छ । सबैले देख्न र महसुस गर्न सकिने विकास भनेको भौतिक पूर्वाधारनै हो ।
विकासको पहिलो आधार यहाँको यातायात हो भने कृषि र ब्यापार विकासका मख्य आधारहरु हुन् । स्थानीय तह पुनसंरचना भईसकेपछि विकासले फड्को मार्दै अघि बढेको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो ।
गौरीगंजमा स्पोर्टस उद्योग
गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा स्पोर्टस निर्माण सम्बन्धि उद्योग स्थापना हुने भएको छ । शेर्पा आउटडोर स्पोर्टस गुड्स ईण्डस्ट्रीज प्रालिले मुख्य उत्पादन शाखाको रूपमा ६ अर्ब लगानीमा उद्योग स्थापना गर्न लागेको हो ।

कम्पनीले स्पोर्टससम्बन्धि जुता, भेस्टलगायतका सामाग्री उत्पादन गर्ने जनाएको छ । स्थानीयलाई रोजगारी सवालमा पहिलो प्राथमिकतामा राख्ने उद्योगका प्रमुख सञ्चालक काजी शेर्पाले जानकारी गराएका थिए । उद्योग सञ्चालनमा आउनु पनि गाउँको विकास भएको गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले प्रतिक्रिया दिनुभएको छ ।

गौरीगञ्ज ३ का वडाध्यक्ष समेत रहनु भएका स्थानीय उद्योग वाणिज्य संघका अध्यक्ष मखना महतो भन्सारको स्तर बृद्धिसंगै यहाँको व्यवसायिक कारोबार बढ्ने भएकाले गौरीगञ्जको विकास योजनाले महत्वपूर्ण काम गरेको बताउनु हुन्छ ।

शुक्रबार, ०८ असोज, २०७८, बिहानको ११:५३ बजे

सम्बन्धित खवर