सर्वसम्मत नयाँ समिती चयन गर्दै शिखा सहकारीको १० औं साधारणसभा सम्पन्न

बैकल्पिक खवर

शिखा बचत तथा ऋण सहकारीले आफ्नो १०औं बार्शिक साधारणसभा सम्पन्न गरेको छ । आज सस्थामा आयोजित एक कार्यक्रमका बिच १०औं साधारणसभा सम्पन्न गरेको हो ।सस्थाले आगामी ४ बर्षका लागि नयाँ कार्यसमिती पनि चयन गरेको छ ।

गत असोज ५ गतेदेखि सुरुभएको शिखाको साधारणसभा आज बिधिवत रुपमा सम्पन्न भएको हो । सरकारले निर्धारण गरेको सुरक्षा मापदन्ड अपनाएर साधारणसभा सम्पन्न गरिएको सस्थाका ब्यवस्थापक तुलशी राजबंशीले जानकारी दिए ।
१०औं साधारणसभाले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ ।जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम कोइरालाको नेतृत्वमा गठन भएको निर्वाचन समितीले तेज कुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत समिती चयन गरेको हो । २ जना बाहेक सबै पुरानै समिति सर्वसम्मत चयन भएको सदश्य हरि लामाले जानकारी दिए।                                           

साथै सस्थाले सस्थापक अध्यक्ष पृतम सुब्बा लाई सम्मान गरेको छ । शिखा सहकारीको सुरुवात गर्न ठुलो भुमिका खेलेको भन्दै सुब्बालाई सम्मान गरिएको सस्थाले जनाएको छ । साथै सहकारीको १० औं बार्शिक साधारणसभा सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सबैप्रती सस्थाले हार्दिक आभार ब्यक्त गरेको छ । नवनिर्वाचित अध्यक्ष तेजकुमार श्रेष्ठले सस्थालाई यहाँसम्म ल्याउनका लागि निरन्तर मार्गदर्शन गर्ने संचालक समितीका साथै , साधारणसभा सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने सम्पुर्ण शेयर सदस्य ज्यु हरु , सस्थाका सम्पुर्ण कर्मचारी , सुभचिन्तक लगायत सबैमा हार्दिक आभार गर्दै सबैलाई धन्यवाद दिए ।
साथै पर्शी १० गतेबाट सहकारीको नियमित कारोबार सुचारु हुनेपनि सस्थाले जनाएको छ ।

 

शुक्रबार, ०८ असोज, २०७८, दिउँसोको ०२:१२ बजे

सम्बन्धित खवर