सेतो पुतलीबाट बालबालिकाहरु जोखिममा

दमक, ८ असोज/ सेतो पुतलीबाट मानिसको आखामा हुनसक्ने सम्भावित जोखिम रोकथाम गर्न प्रदेश सरकारले आवश्यक चासो दिएको छैन । नेपालका पहाडी क्षेत्रमा सेतो पुतलीका कारण आँखाको ज्योती गुमाउन परिरहेको तर्फ सचेत हुँदै त्यसको रोकथामका लागि पहल गर्नुपर्नेमा सरकारसँग आवश्यक तयारी र योजना छैन ।
प्रदेश १ समाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार खासगरि असोज कात्तिकको समयमा अत्यधिक सेतो पुतलीहरु देखापर्ने र आँखामा परेर सापु रोग लाग्ने जोखिम धेरै भएपनि हालसम्म रोकथामको औपचारिक योजना बनेको छैन ।
स्वास्थ्य महाशाखा प्रमुख सागर भट्टराईले प्रदेश १ मा सापु रोगबारे हालसम्म कुनै रेकर्ड राख्न सुरु नभएको तर बालबालिका र कृषकहरु जोखिममा रहेको बताए । उनले भने , अहिलेसम्म सापु रोगको तथ्यांकको रेकर्ड राख्ने गरिएको छैन तर उच्च स्तरीय भेलामा जोखिमबारे समिक्षा चाँही हुुनेगरेको छ । सापु रोगबारे तथ्यांक राख्ने नगरिएकोले अस्पतालहरुले स्वाास्थ्य कार्यालयहरुलाई हालसम्म विवरण पनि पठाउने गरेका छैनन् ।
विराटनगर आँखा अस्पतालका नेत्र चिकित्सक डा.ललित अग्रवाल सापु रोगको समस्या लिएर हालसम्म एक जना मात्र बिरामी उपचारका लागि आएको तर समयमै आएकोले उनको उपचार सफल भएको बताए । डा. अग्रवालका अनुसार सापु रोग आकस्मत हुने भएकोले पुतलीबाट जोगिनु र पुतलीहरुलाई आउन नदिनु अनि पुलतीसँग संसर्ग भएमा तुरुन्तै उपचार गराउन अस्पतालमा जानु उत्तम हुने बताए ।
बरिष्ठ जनस्वास्थय विज्ञ डा. नवराज सुब्बा पनि हालसम्म सापु रोगबारे सरकारले जिल्ला स्तरमा तथ्यांक राख्न नगरेको तर कृषक र बालबालिकाहरु भने जोखिममा रहेकोले रोकथामको योजना बनाउन आवश्यक भैसकेको बताउँछन् । डा सुब्बाले भने , ‘सापु रोगबारे धेरैले समान्य ठानेर आलटाल गरेर उपचार गराउने गरेका छैनन् यसैले उपचारका लागि जनचेतना जगाउन पनि खाँचो छ ।

शुक्रबार, ०८ असोज, २०७८, साँझको ०५:२८ बजे

सम्बन्धित खवर