दमक/ लामिछाने बन्धु समाज झापाको दमक नगर समितिले प्रथम अधिवेशन सम्पन्न गरेको छ । गर्ग गोत्री लामिछाने बन्धु समाजको जिल्ला समितिका सचिव विमल लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले सात सदस्य दमक नगर समित र तीन सदस्य सल्लाहकार समिति चयन गरेको आयोजक समितिका सदस्य रमेश लामिछानेले जानकारी दिए ।
नवगठित नगर समितिको अध्यक्षमा गुरुप्रसाद लामिछाने, उपाध्यक्ष हरिप्रसाद लामिछाने, सचिव युवराज लामिछाने, कोषाध्यक्ष सूर्य लामिछाने चयन भएका छन् भने समितिको सदस्यहरुमा बेदप्रसाद लामिछाने, परशुराम लामिछाने र शोमराज लामिछाने चयन भएका छन् ।
यसैगरि समाजको सल्लाहकार समितिको संयोजक बालकण्ठ लामिछाने चयन भएका छन् भने सदस्यहरुमा भिमप्रसाद लामिछाने र देवा लामिछाने चयन भएका छन् ।
अधिवेशनले बन्धु समाजको नियमित कार्य सम्पादन गर्न बैक खाता खोल्ने र मासिक लेवि संकलन गर्ने निर्णय गरेको छ भने । नगरभित्र रहेका लामिछाने बन्धुहरुको पारिवारिक बायोडाटा र फोटोसहितको फारम भरेर बन्धु संख्या र विवरणसहित अभिलेख÷अध्यावधिक गर्ने निर्णय गरेको समितिका सचिव युवराज लामिछानेले जानकारी दिए । दमक नगरमा ४० घर बढी लामिछाने बन्धु रहेका छन् ।

Facebook Comments Box