कमल/    कमल ५ मंगलबारे बजारस्थित सगुन युवा क्लवलेअसोज १० गते बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । घटस्थापनाको अवसर पारेर क्लबले खुल्ला रक्तदान गर्ने भएको क्लबका अध्यक्ष देवी आङ्देम्बेले बताए ।

चाडपर्वका समयमा रगतको अभाव हुने भएकाले त्यसलई लक्षीत गरी रक्तदान गर्न लागिएको उनले बताए । क्लबले इच्छुकलाई रक्तदानमा सहाभागिता जनाइदिन हुन् अनुरोध गरेको छ ।

सोही अवसरमा क्लबले निःशुल्क आँखा शिविर समेत सञ्चालन गरिने जनाइएको छ । शिविर विर्ताज्योती आँखा उपचार केन्द्रको प्राविधिक सहयोग रहने छ ।

यस्तै क्लबले आफ्नो भवनको माथिल्लो तलामा निर्माण गरिएको कार्यालय कक्षसहित सामुदायिक भवनको समेत उद्घाटन गरिने भएको क्लबका सचिव रोशन दाहालले जानकारी दिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको प्रमुख आतिथ्य रहने छ । उक्त क्लबले लामो समयदेखि खेलकुद तथा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

Facebook Comments Box