दमक / भट्टराई कुलवंश प्रतिष्ठान केन्द्रीय समितिको अक्षय कोषका लागि इटहरीका भट्टराई परिवारजनले रु १० लाख बढी सहयोग उपलव्ध गराएका छन् ।
प्रतिष्ठानले सञ्चालन गरेको अक्षय कोष संकलन अभियानमा इटहरीका विभिन्न भट्टराई परिवारबाट शनिवार एकैदिन रु १० लाख ४० हजार ३३२ सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।
कोषमा आज प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष समेत रहेका दिनेश भट्टराईले दिवंगत धर्मपत्नी कमला पोख्रेल भट्टराईको वार्षिक पूण्य तिथिका दिन रू ४ लाख ११ हजार ५५५ रुपैया कोषमा जम्मा गरेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेर वहादुर भट्टराईले बताए ।
उनका अनुसार यसैगरि इटहरी निवासी प्रेमप्रसाद भट्टराईले रु १ लाख ५१,०००,दयाराम भट्टराईले रू १ लाख ११ हजार १११, सोमनाथ भट्टराईले रू १ लाख ११ हजार १११, सुनसरी प्रतिष्ठानको जिल्ला समितिबाट रू १ लाख , चुडामणि भट्टराईबाट रु १ लाख र हरिप्रसाद भट्टराइले रू ५५ हजार ५५५ रुपैया कोषमा सहयोग जम्मा गरेका छन् ।
प्रतिष्ठानले रु १ करोड रुपैयाको अक्षय कोष स्थापनाका लागि जारी राखेको अक्षय कोषमा हालसम्म रु ४० लाख बढी सहयोग जुटिसकेको जनाएको छ ।

Facebook Comments Box