पाँचथरका बाढी पहिरो पिडितको उद्धार र राहत वितरणमा ध्यान दिन्छौंं— प्रधानमन्त्री देउवा

दमक,७ कार्तिक / प्रधानमन्त्री शेरबहादुर देउवाले बेमौसममा आएको बाढी–पहिरोका कारण प्रभावित भएकाहरूलाई अस्थायी र स्थायी तबरले व्यवस्थापन गरिने बताएका छन् ।

बाढी पहिरोबाट पुगेको क्षतिको स्थगलगत निरीक्षण गर्न आज प्रदेश नम्बर–१ का विभिन्न जिल्ला पुगेका प्रधानमन्त्री देउवाले तत्काल अस्थायी उपाय अपनाउँदै पीडितहरूको उद्धार र राहत वितरणमा ध्यान दिइने बताए ।
आइतबार पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, राँकेमा पीडितहरूलाई सम्बोधन गर्दै उनले अहिले स्थगल अनुगमन गरेको र मन्त्रिपरिषद् बैठक बसेर राहत वितरणका लागि थप निर्णय गर्ने बताए ।

“विपत्मा परेकाहरूलाई अस्थायी र स्थायी तरिकाले समाधान गर्नेछौँ, अल्पकालीन भनेको अहिले उद्धार गर्ने हो, राहत वितरण गर्ने हो,” उनले भने, “हामी क्याबिनेट बैठक बसेर थप निर्णय गर्छौँ ।”

उनले बाढी–पहिरोबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गरिने पनि बताए । अबको मन्त्रिपरिषद्को बैठकबाट पीडितका लागि विशेष राहतको कार्यक्रम ल्याउने उनको भनाइ छ ।

“काठमाडौं गएर आगामी मन्त्रिपरिषद्मा तपाईंहरूको लागि दीर्घकालीन राहतको व्यवस्थापन गर्छु,” प्रधानमन्त्री देउवाले भने, ‘सरकार तपाईंहरूको साथमा छ ।”

आइतबार, ०७ कार्तिक, २०७८, साँझको ०७:३६ बजे

सम्बन्धित खवर