दमक/ झापाको दमकस्थित ‘दमक किङ डान्स एकेडेमी’ले देउसी भैलो कार्यक्रम शुरु गरेको छ । २०७९ को शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रमसँगै देउसी भैलो कार्यक्रम अघि बढाएको डान्स एकेडेमीका प्रोपाइटर कृष्ण शाहले जानकारी दिए ।

‘दमक किङ डान्स एकेडेमी’ले तयार पारेको देउसी भैलो कार्यक्रममा तिहारै आयो, नेवारी नृत्य, मारुनी नृत्य, माझी नृत्य, मगर कौडा, तामाङ सेलो, साकेला लगायतका जातीय संस्कृति झल्किने नृत्यहरु समावेश रहेको कलाकार विकल धामीले जानकारी दिए ।

सो समुहले देउसी भैलोबाट उठेको रकमको केही हिस्सा उर्लावारीको नमूना वाल गृहलाई सहयोग गर्ने र केही हिस्सा दमकभित्रका विद्यालयहरुमा अध्यायनरत निम्नस्तरका विद्यार्थीलाई सहयोग गर्ने योजना रहेको देउसी भैलो कार्यक्रमका सञ्चालक सुवास गुरुङले जानकारी दिए ।

एकेडेमीले दमकका केही विद्यालयहरुबाट बालकलाकारलाई छनोट गरि आधारभूत तालिम दिएर देउसी भैलो कार्यक्रममा समावेश गराएको छ ।

Facebook Comments Box