चुलाचुलीका शैक्षिक सस्थाहरु मङ्सिर १० पछि खुल्ने

चुलाचुली/ चुलाचुलीमा विश्वब्यापी कोभिड महामारीको कारण लामो समय देखि सन्चालन हुन नसकेका शैक्षिक संस्थाहरू मंसिर १० गतेबाट पुन: सन्चालन हुने भएको छ। सो कुरा आज मंसिर ८ गते चुलाचुली शिक्षा शाखा समितिको निर्णय र गाउ कार्यसमितिको अनुमोदन पछिको सुचनामा उल्लेख गरिएको छ।
शिक्षा शाखाको सुचना अनुसार पुर्व प्राथमिक तहका कक्षाहरू बिहान १०.०० बजे देखि दिउँसो ०१:०० बजे सम्म साथै प्राथमिक शिक्षाका कक्षाहरू बिहान १०ः०० बजे देखि दिउँसो ०२:००बजे सम्म यसै गरी आधारभुत तह (कक्षा ६-८) र माबि तहका कक्षाहरू भने बिहान १०:०० देखि दिउँसो ०४:००बजे सम्म जोर बिजोर प्रणालीबाट सन्चालन गर्न लागिएको हो।
साथै चुलाचुली ६ नम्बर वडाको हकमा भने गितान्जली आधारभुत विध्यालय बाहेक अन्य सबै विध्यालयहरू नियमित प्रणालीमा सन्चालन हुने वातावरण मिलाउन पनि सुचनामा भनिएको छ।
साथै विध्यालय व्यावस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, बाल क्लबहरूले विध्यालय तथा समुदायमा प्रकोप न्युनिकरण तथा रोकथामको लागि विशेष कार्यक्रम गर्नु पर्ने कुरा पनि सुचनामा उल्लेख छ।
विध्यालय सन्चालन गर्दा ” विध्यालय सन्चालन सम्बन्धि कार्यढाचा २०७७” अनुसार गर्नुपर्नेछ। पुर्ण स्वास्थ्य सुरक्षाको पालना गरेर पठन पाठन गराउन पर्नेछ। अन्यथा फरक परेको खण्डमा विध्यालय स्वम जवाफदेहि हुनपर्ने छ।
चुलाचुली गाउपालिकामा जम्मा २१ सामुदायिक र ६ वटा संस्थागत विध्यालयहरू रहेका छन्। यस शैक्षिक शत्रको पठनपाठन गत अशोज ११ गतेबाट सुरू भई लगभग एक महिना सन्चालन भएर प्रकोप बड्न थाले पछि पुन स्थगित गरिएको थियो।

मङ्गलबार, ०९ मंसिर, २०७७, दिउँसोको ०१:५५ बजे

सम्बन्धित खवर