मोरङका ६ वटा पालिकाद्वारा १५ गतेदेखि बिद्यालय संचालनको तयारी

बैकल्पिक खवर

मोरङको दक्षिणी सिमावर्ती ६ वटा पालिकाहरुले मङ्सिर १५ गतेदेखि विद्यालयहरुमा पठनपाठन सुचारु गर्ने निर्णय गरिएको छ ।                                                                     
रङ्गेली नगरपालिकामा आज बसेको रतुवामाई नगरपालिका , सुनवर्शी नगरपालिका , रङ्गेली नगरपालिका , धनपालथान गाउपालिका , जहदा गाउपालिका र कटहरी गाउँपालिकाको प्रमुखहरु , अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रमुख्हरुको संयुक्त बैठकले विद्यालय सन्चालन गर्ने निर्णय गरेको छ ।
विद्यालयमा स्वास्थ्य सुरक्षा अपनाउदै, दुरि कायम गर्दै विद्यालय व्यवस्थापन समिति , अभिभावक हरु समेत छलफल गरि विद्यालय सन्चालन गर्ने निर्णय गरेको छ ।

बैठकद्वारा ५ कक्षा सम्म संचालित विध्यालय एक सिफ्ट र १-१० वा १२ सम्म संचालित विद्यालय २ सिफ्ट्मा गरेर सन्चालन गर्ने निर्णय गरेको छ ।

मङ्गलबार, ०९ मंसिर, २०७७, दिउँसोको ०३:२४ बजे

सम्बन्धित खवर