प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

पाँचथरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ९२० मा नेकपा माओवादी केन्द्रबाट आङ्बो विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका आइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मतले पछि पार्दै आङ्बो विजयी बनेका हुन् ।

आङ्बोले १५ हजार ६७२ मत प्राप्त गरेर विजयी भएका छन् । नेम्वाङले १२ हजार ६०५ मत प्राप्त गरेको छन् । यो क्षेत्रमा जम्मा ३४ हजार ४६५ मत खसेको थियो ।

Facebook Comments Box