कनकाई, ८ मंसिर / झापा–४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लालप्रसाद (एलपी) साँवा भारी मतान्तरसहित निर्वाचित भएका छन् ।

विहीबार सकिएको मत गणनामा उनका प्रतिद्वन्दी नेपाली कांग्रेस झापाका सभापति समेत रहेका देउमान थेवेलाई ६ हजार ८६७ मतान्तरले पछि पार्दै संघिय सांसदमा निर्वाचित भएका हुन् ।

साँवाले २९ हजार ३१५ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी थेवेले २२ हजार ४४८ मत प्राप्त गरेका छन् ।

यसैगरी घण्टी चुनाव चिन्ह भएका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गरेका छन् ।

झापा–४ मा १ लाख २३ हजार १२४ मतदाता रहेको यस क्षेत्रमा ७९ हजार ४८३ मत गणना भएको थियो । त्यसमा ४ हजार ६४७ मत बदर भएको थियो । निर्वाचन अधिकृतको कार्यालयले केहि समयपछि घोषणा गर्नेछ ।

Facebook Comments Box