तपाईंको आज : पुष ९ गते बिहीबार

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज रमाईलो यात्रा रहनेछ । चिताएको कामले तीव्रता लिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफलयात्रा हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) आज अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) वित्तिय संस्थाबाट सहयोग पाईनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाटपनि हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) साहित्य तथा संगीतमा रुचि बढनेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) शुभारम्भको चर्चा चल्ने र विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । जोश जाँगर र हिम्मतपनि बढ्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । सामान हराउने वा चोरी हुने भयछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

बिहिबार, ०९ पुष, २०७७, बिहानको ०९:२४ बजे

सम्बन्धित खवर