महिला भलिबल टोलीले आज माल्दिभ्सविरुद्ध खेल्दै

  ९ पुस , काठमाडौँ / एसियन सेन्ट्रल जोनमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज (शुक्रबार) माल्दिभ्सविरुद्ध खेल्दैछ ।

बिहीबारदेखि बंगलादेशको ढाकामा जारी प्रतियोगितामा बिहान सवा ११ बजे माल्दिभ्सविरुद्व नेपाली टोलीले आज उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक जगदिश भट्टले बताएका छन् । महिला टोलीले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को जित हात पारेको थियो ।

आजै हुने पुरुषतर्फको खेलमा नेपाली टोली उज्वेकिस्तानविरुद्व पहिलो जितको खोजीमा हुनेछ । खेल साँझ पौने ६ बजे सुरु हुनेछ ।

प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको पुरुष टोली बिहिवार आयोजक बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।

राउन्ड रोबिन पद्धतिको आधारमा हुने खेलमा शिर्ष दुई टोलिले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबार, ०९ पुष, २०७८, बिहानको ०९:१६ बजे

सम्बन्धित खवर