देश अभिभावक विहीन भयो : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश अभिभावक विहीन भएको बताएका छन् । ठूला राजनीतिक दलले परिवर्तनको नाममा देशलाई अभिभावक विहीन बनाएको बताए । परिवर्तनका लाममा देशलाई लुटेर ठूला दलले राखेको उनले आरोप लगाए ।

देशको प्रगति, विकास र परिवर्तनको बाधक र सबै कुराको दोष राजसंस्थालाई दिएका ठूला पार्टीहरूले राजसंस्था अन्त्यको १४ वर्षसम्म पनि कुनै उपलब्धि हासिल गर्न नसकेको आरोप लगाए । ‘हिजो सबै कुराको बाधक राजसंस्था हो भने, सबै अप्ठ्यारा राजसंस्थाको टाउकोमा थुपारे’ उनले भने, ‘राजसंस्था अन्त्य भएको १४ वर्ष भयो, खोइ त देशको प्रगति, खोइ परिवर्तन ? त्यो बेला त एउटा राजालाई पाल्नुपरेको थियो, अहिले सयौँ राजालाई पाल्नुपरेको छ ।’

शुक्रबार, ०९ पुष, २०७८, बिहानको ०९:२० बजे

सम्बन्धित खवर