समाजवादी पार्टीले सरकार छोड्यो – मन्त्रीहरुले राजीनामा दिँदै

समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो।

यादव लगायत मन्त्रीहरुले केहीबेरमा राजीनामा गर्ने स्रोतले जनाएको छ । समाजवादी पार्टीका सरकारमा २ मन्त्री रहेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोजेका थिए। तर प्रधानमन्त्रीले उनको प्रस्ताव ठाडै अस्वीकार गरिदिए।

वर्तमान सरकार संविधान संशोधनका लागि तयार नभएको भन्दै उपप्रधानमन्त्री यादवले राजीनामा दिन लागेका हुन्।

समाजवादी पार्टीको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अर्ग्रियाले पार्टी पदाधिकारीको अनौपचारिक बैठकले सरकारले छाड्ने निर्णय गरेकाले मन्त्रीहरूले आजै राजीनामा दिने बताए। यसको औपचारिक निर्णय गर्न समाजवादीको संसदीय दलको बैठक बसेको छ।

समाजवादी पार्टीका तर्फबाट पार्टी अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री एवम् कानुनमन्त्री छन् भने पार्टीका सचिव मोहम्मद इस्तिहाक राई सहरी विकास मन्त्री बनेका थिए।

सोमबारको मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री यादवले संविधान संशोधनका लागि सुझाव दिन विज्ञहरूको समूह गठन गर्न प्रस्ताव गरेका थिए।यादवको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै अस्वीकार गरेका थिए।

मङ्गलबार, ०८ पुष, २०७६, दिउँसोको ०२:३९ बजे

सम्बन्धित खवर