अन्तर्राष्ट्रिय औद्योगिक तथा व्यापार मेलाको तयारी पूरा

दमक / मेचीनगरकाे धुलाबारीमा पुष ९ गतेदेखि सुरू हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मेची उधोग बाणिज्य संघको आयोजनामा हुनलागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेको आज साेमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा संघका अध्यक्ष ऋषीराज तिम्सिनाले जानकारी गराएका छन् । महाेत्सवमा व्यापार प्रवर्द्धनका लागि बनाइएका स्टलहरू बुक भैसकेकेले केहि थप स्टलहरू बनाउने तयारी भइरहेकाे जनाएकाे छ ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना गरिएको महोत्सवमा नेपाल लगायत भारतका दार्जिलिङ, आसाम तथा पश्चिम वंगाल र भुटानबाट व्यवासायी तथा पर्यटकहरुले महोत्सवमा अवलाेकन गर्ने आयाेजक समितिले जनाएकाे छ । पर्यटकको लागि आकर्षण गर्न हेलिकप्टरबाट झापा भ्रमण गराइने र इच्छुक पर्यटकहरुलाई ताप्लेजुङ्ग स्थित पाथीभरा देवीको दर्शन गर्ने ब्यवस्था मिलाइएको जनाएकाे छ । झापा जिल्लाकाे अवलाेकन गर्नका लागि ६ हजार रूपैयाँ लाग्नेछ ।

महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुकाे साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरी सहभागीहरुलाई मनोरञ्जन प्रदान गरिने जनाएकाे छ। पुष ९ गते कलाकार कमल खत्री र एन्जिला रेग्मी, पुष १० गते निकिता थापा, सेन्डि एण्ड फ्युजनिष्ट, गायक यम बराल, कमल रसाइली, पुष ११ गते कलाकार राजा राजेन्द्र, गायक प्रकाश सपुत र प्रिती आले, पुष १२ गते हास्यकलाकार मनोज गजुरेल, गायक सुगम पोखरेल र गायीका आस्था राउत, पुष १३ गते कर्मा ब्यान्ड र गायक प्रितम आचार्य, पुष १४ गते गायीका इन्दिरा जोशी , गायक उत्तमजंग लावती, कृष्ण काफ्ले, पुष १५ गते राजनराज शिवाकोटी र गायीका मेलिना राई, पुष १६ गते गायक प्रमोद खरेल र लाहुरे र पुष १७ गचे एड्रिन प्रधान ब्यान्ड र गिरिस खतिवडाले मनाेरञ्जन प्रदान गर्ने भएका छन् ।

१ लाख ५० हजार पर्यटक भित्रयाउने लक्ष्यका साथ आयोजना गरिएको सो महोत्सवमा आर्थिक सम्बृद्धिको मुख्य हबको रुपमा बिकास गर्न यो महोत्सवले टेवा पुर्याउने बताइएको छ । महोत्सव भरी आर्थिक सम्बृद्धिलाई महत्व दिदै फरक फरक समयमा विज्ञहरुको उपस्थितीमा सेमीनार तथा छलफल जस्ता कार्यक्रम आयोजना समेत गरिने छ । सम्मेलनमा मेची नगर नगरपालिका प्रमुख बिमल आचार्य, उपप्रमुख मिना उप्रेती पोखरेल, मेची उध्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिजय डालमिया, केशवराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

पुष १७ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन १ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् । यसअघि संघले पहिलाे महाेत्सव धुलाबारी र दाेस्राे विर्तामाेडमा सम्पन्न गरिसकेकाे छ ।

मङ्गलबार, ०८ पुष, २०७६, साँझको ०६:४९ बजे

सम्बन्धित खवर