अस्पतालको बेडमा छट्पटाउँदा..

उद्धव पुरी

उद्धव पुरी

१८ बर्षदेखिको पत्रकारितामा अहिलेसम्म घर खासै बसेको थिइन् । सानो रुगा मर्की जस्ता रोग औषधि खाँदै हिड्ने गर्थे । खासै समस्या पनि भएको थिएन । ती औषधिले पनि काम गरिनै रहेका थिए । पहिलो पटक यस्तो रोगले च्याप्यो जुन रोगले धेरै दिन आराम गर्न बाध्य बनायो । गत २०७९ बैशाख १ गते निकै पेट दुख्यो । हुन त सामान्य पेट २/३ दिन अघिदेखि नै दुखी राखेको थियो । तर, खासै ठूलो रोग हो जस्तो लागेन ।

अचानक गत बैशाख १ गते बिहानको तीनवजेबाट सहन नसक्ने तरिकाले पेट दुख्यो । राती भएकाले मेडिकल वा अस्पताल जाने कुरा पनि भएन । बिहानसम्म दुखेपछि भिडियो एक्सरे गरेर हेर्नु पर्यो भनेर सोचे । आफु बाइक कुदान नसक्ने अवस्थामा भएपछि मेरो मित्र तथा छिमेकी विनोद पाण्डेलाई फोन गरे । उनले पनि आउने आश्वान दिए । उनी आए लगत्तै लक्ष्मीपुरदेखि चारपाने हुँदै सवै मेडिकलमा भिडियो एक्सरे हुन्छ भन्दै सोध्दै बिर्तामोड लागियो । तर, बैशाख १ गते नयाँ बर्ष भएका कारण सवै मेडिकलमा भिडियो एक्सरे गर्ने डाक्टर नभएको बुझियो ।

यसै सिलसिलामा कनकाई हस्पिटलका प्रवन्ध निर्देशक युवराज डाँगीलाई फोन गरे । उहाँले पनि अहिले त भिडियो एक्सरे हुँदैन १० बजेपछि मात्र भन्ने जवाफ दिनु भयो । मलाई सामान्य रोग होला भिडियो एक्सरे गरेर हेरेर औधषी लिदा ठिक हुन्छ भन्ने सोच थियो । औषधि सेवनपछि मित्र बिनोदजी र म रिपोटिङका लागि हेप्पील्याण्ड चेप्टीमा जाने योजनामा थियौं । दुखाई यस्तो थियो हिड्दा पनि दुख्ने, सास फेर्दा पनि दुख्ने निकै मुस्किल भइरहेको थियो । कनकाई हस्पिटलमा युवराज डाँगीलाई भने ‘दाई सार्है पेट दुखिराखेको छ’ के गर्नु भिडियो एक्सरे गर्ने डाक्टरलाई अलि छिटै बोलाउन सकिन्न । उहाँले भन्नु भयो म कोशीस गर्छु तर १० बजे भन्दा अघि त सम्भव हुँदैन भन्दै हस्पिटलमा रहेका एकजना डाक्टरलाई बोलाएर चेकजाँच गर्न लगाउनु भयो । डाक्टरले चेकजाँचपछि भिडियो एक्सरे नगरी केही भन्न नमिल्ने भन्दै दुखाई कम गर्ने एउटा सुई हानी दिए ।

त्यो सुई लगाएपछि दुख्न केही कम भयो युवराज डाँगीले मैले ९ः३० बजेसम्म भिडियो एक्सरे गर्ने डाक्टर बोलाएको छु अव गरेरै जानु भन्नु भयो । तर, हामी त्यहाँ डेढ घण्टा पर्खनु भन्दा भरै आउँ भन्दै विनोदजीको घरमा आएर आराम गरियो । ९ः३० बजे कनकाई हस्पिटलका युवराज दाईलाई फोन गरे । उहाँले भन्नु भयो अहिलेसम्म आएका छैनन् डाक्टर । १० बज्यो सिदै कनकाई हस्पिटलमा पुगियो र रिसेप्सनिष्ट मा बस्ने बहिनीलाई भिडियो एक्सरे गर्ने डाक्टर कति समयमा आउनु हुन्छ भनेर सोध्यौ । उनले आज एक गते नयाँ बर्ष पनि हो केही समय लाग्छ भनेपछि त्यहाँबाट प्रान्ज्वल मेडिकल आयौं ।

हामी त्यहाँ आउनु भन्दा १० मिनेट अघि नै भिडियो एक्सरे गर्ने डाक्टर गइसकेका रहेछन् । तर, मेडिकल सञ्चालक विनय डाँगीले धेरै ठाउँ फोन गरेर सोधेपछि ठाकुर पोलिक्लिनिकमा डाक्टर आउने भए गएर भिडियो एक्सरेको टिकट लिएर डाक्टरको पर्खाइमा बस्यो । केहीछिनमा डाक्टर आए र भिडियो एक्सरे गरियो । रिपोर्टमा आन्द्रा सुन्निएको आयो । अव सीटी स्क्यान गर्दा मात्र के हो रोग पत्ता लाग्ने बताउँदै डा. शम्भु नावललाई रिपोर्ट देखाउन आग्रह गरियो । डा. नवल १५ मिनेटमा आउने खवरपछि डा. को टिकट काटेर बस्यौ । केही समयपछि डा. शम्भु आइपुग्नु भयो रिपोर्ट हेरेर वेडमा सुत्न आग्रह गर्नु भयो । म सुतेपछि मेरो पेटका बिभिन्न स्थानमा छाम्नु भयो र जहाँ दुखेको थियो त्यस ठाउँमा निकै मजाले थिच्नु भयो र छोड्नु भयो म मुर्छा नै परे । अनि उहाँले एपेन्डिसाइटिस भएको छ सीटी स्क्यान गर्नु पर्दैन बिर्ता सिटीमा गएर केही चेकजाँच गराउनु म आएर अप्रेशन गर्छु भन्नु भयो ।

त्यो सुन्ने बित्तिकै बिहान देखिको खालीपेट, त्यसमाथि डाक्टरले थिच्दाको दुखाई र सुई देखिसम्म डर लाग्ने मलाई खलखली पसिना आयो रिंगटा चल्यो म हिड्न नसक्ने अवस्था भएपछि फेरी वेडमै एकछिन सुते । मित्र बिनोद पाण्डेले सिधै हस्पिटलमा जाउ भने तर मैले एकपटक घर जाऔं अनि त्यसपछि आउ भन्दै घर तिर लागियो । घरमा आएर श्रीमति रितालाई लिएर बिर्ता सिटी हस्पिटलमा भर्ना भए । मनमा डर लागिरहेको छ अहिलेसम्म सुईसम्म न लगाएको मेरो पेट काटेर एपेन्डिसाइटिसको शल्यक्रिया हुँदैछ । जव हस्पिटलमा भर्ना भए नर्स तथा डाक्टरहरुले परिक्षण शुरु गरे । मनलाई डरदेखि टाडा राख्न खोज्छु तर झल्झली याद आइरहन्छ । यसै क्रममा चेकजाँचपछि माथिल्लो तलाको बेडमा सारियो ।

म शल्यक्रियाको नाम सुन्ने बित्तिकै बिहोस भएका कारण डाक्टर पनि अलि डराउनु भयो । उहाँले भन्नु भयो तपाई अप्रेशन भन्ने बित्तिकै डराउनु भयो सुगर, प्रेसर, छ छैन भन्नु भयो मैले ४३ बर्षको भए तर, अहिलेसम्म त्यस्तो खासै समस्या भएको छैन र चेक पनि नगरेको बताए । १ गते ३ वजेर १५ मिनेटमा अप्रेशन थ्रेटरमा लगियो मनमा झन् धेरै डर लागिरहेको थियो । मैले मलाई निकै डर लाग्छ पुरै विहोस गरिदिन आग्रह गरे ।

उनीहरुले हामी तपाईको कम्भरदेखि मुनि भाग लट्याउछौं तपाईलाई केही थाहा हुँदैन भने साथै तपाईलाई थाहा नहुने गरी पर्दा लगाइदिन्छौं भने हुन्छ भनेर ढाडमा एउटा सुई हानियो मेरो कम्भरदेखि मुनिको भाग पुरै थाहा नपाउने भयो । म उनीहरु बोलेको थाहा पाउथे तर, बोल्न र के भइरहेको थियो हेर्न सक्ने अवस्थामा थिइन । करिव ५ बजे मलाई अप्रेशन थ्रेटरबाट निकालिएछ । माथि एसी रुममा लादा थर्केर अलि अलि दुखेको अनुभव हुन्थ्यो । अघिल्लो रातीदेखि केही नखाएको मलाई एकदमै भोक लागेको अनुभव भइरहेको थियो । तर २४ घण्टासम्म केही खान नमिल्ने डाक्टरले बताएका थिए । साथै छात्ती एकदमै दुःखी राखेको थियो । म पसिनै पसिना भएको रहेछु । खुट्टा उठाउन खोज्दो रहेछु उठ्दैन ।

श्रीमती रिता र भाई जीवनलाई मेरो खुट्टा उठाइदेउ भन्दो रहेछु उनीहरु उठाउँदा रहेछन् । तर मलाई त्यो महसुस भइरहेको थिएन । जव मलाई केही होस आयो नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी पुग्नु भएको रहेछ । उहाँले अरु पनि साथीहरु आउनु भएको छ बाहिर हुनुहुन्छ भन्दै गरेको सुने । उहाँले केही हुँदैन अव ठिक हुन्छौ भन्दै हुनुहुन्थ्यो । उहाँले केके भन्नु भयो त्यो पनि साह्ै याद थिएन । मलाई सपना जस्तै लागेको थियो । त्यस्तै महासंघ अध्यक्ष गिरीले बाहिर उपाध्यक्ष केशव भट्टराई, पत्रकार मित्रहरु मुक्ति पौडेल, ज्ञानेन्द्र पौडेल पनि आउनु भने जस्तै लागेको थियो ।

राती श्रीमति रिता र भाई जीवन हस्पिटलमा कुरुवाका रुपमा बसेका रहेछन् । राती २ बजेतिर मलाई एकदमै पिसाव लागिरहेको महसुस भयो । हिड्न नमिल्ने भनेपछि जगमा पिसाव गर्न लगाइयो तर आधा घण्टासम्म आएन र मलाई उठाइदिनु म शौचालय नै जान्छु भने त्यतिवेला सम्ममा खुट्टा पनि चल्ने भइसकेको रहेछ र भाई र श्रीमति दुवैले एक/एकतिर समातेर शौचालय लगे । शौचालयमा आधा घण्डासम्म वार–वार गरेर पिसाव गरेर फर्किएपछि फेरी सुते । निकै मज्जाले भोक लागेको थियो । केही खानेकुरा दिइएको थिएन । त्यसपछि आफु एक्लै शौचालय जान/आउन थाले ।

भोलिपल्टसम्ममा आफै भित्रबाहिर गर्न थाले । भोलीपल्ट विहान मेरो मित्र तथा सहारा नेपाल साकोस लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारती मलाई हेर्न हस्पिटल पुग्नु भएछ । उहाँसँग एकछिन गफ गरियो । त्यस्तै नेपाल दशनामी समाज बिर्तामोड अध्यक्ष अर्जुन गिरी पुग्नुभयो । त्यसैगरी अर्जुन गिरीसँगै समाजसेबी हर्कलाल गिरी पनि पुग्नु भयो । त्यसपछि आमासँगै छोरी इशा, दिदि तारा, बुहारी तुलसा, भतिज रिजन पनि हस्टिलमा पुगेछन् । त्यस्तै ससुरा, सासु तथा हजुरबुबा ससुरा, जेठान पनि पुग्नुभयो ।

त्यस्तै नेकपा माओवादी केन्द्र प्रदेश सदस्य कुवेर श्रेष्ठ (अरुण) र बिर्तामोड सचिव गणेश कालिकोटे मेरो आत्मिय भाई पत्रकार सन्तोष न्यौपाने, पत्रकार प्रेम आचार्य, पुष्प बराल, काकी सासु, ससुराली गाउँका छिमेकीलगायत धेरै हस्पिटलमा पुग्नु भएको थियो । कसैको नाम साहेद बिर्सन पनि गएहोला त्यसका लागि क्षमा चाहन्छु । सवैले मलाई हस्पिटलमै पुगेर स्वास्थ्य लाभको कामना गर्नु भयो । उहाँहरुको कामना साथै आशिरर्वादकै कारण म भोलीपल्टसम्ममा निकै तगडा भइसकेको थिए ।

तर मलाई भोलीपल्ट अर्को वार्डमा सारियो त्यतीवेलासम्म म निकै हिडडुल गर्न थालिसकेको थिए । एक्लै शौचालय जान–आउन थालेको थिए । मलाई भोलिपल्ट सारेको वार्डमा करिब १३ वडा वेडहरु थिए । प्रत्येक बेडमा कुनै न कुनै विरामीहरु थिए । कसैको खुट्टा भाँचिएको थियो, कसैको स्टोनको अप्रेरेशन, कसैको एपेन्सिसाइटिककै अप्रेशन गरिएका विरामी थिए । त्यस्तै अप्रेशन गर्न तयार गरिएका विरामीहरु पनि थिए । त्यो अवस्था देख्दा म मात्र होइन सवैलाई विभिन्न रोग लाग्दो रहेछ भनेर चित्त पनि बुझ्ने अवस्था थियोे ।

त्यस्तो विरामीको अवस्था देख्दा मलाई आफ्नो स्वास्थ्य निकै छिटो ठिक भएको महसुुस भयो । वैशाख १ गते हस्पिटल भर्ना भएको म ३ गते मेरो डिस्चार्जपछि हाल घरमा आराम गरिरहेको छु । बिर्तासिटीका मलाई शल्यक्रियामा सहयोग गर्ने कर्मचारी तथा अप्रेशन गर्ने डा. शम्भु नावलको टिमलाई पनि धन्यवाद दिन चाहन्छु ।

त्यसैगरी नेकपा माओवादीका नेता प्रकाश भट्टराई र मदन खड्का जसले हस्पिटलमा डिस्चार्जका लागि बाताबरण मिलाइदिनु भयो । बिशेष गरेर प्रकाश भट्टराई उहाँले हस्पिटलमा बारम्वार फोन गरेर हस्पिटलबाट डिस्चार्ज गर्न ठूलो मद्दत गर्नुभयो । उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

त्यस्तै डिस्चार्जपछि घरमा आएर स्वास्थ्य लाभको कामना गर्नु हुने नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाई, खेलकूलद पत्रकार मञ्च झापा अध्यक्ष हिमाल खरेल, पत्रकार सन्तोष न्यौपाने, बिनोद पाण्डे, चन्द्र बस्नेत, प्रेस सेन्टर नेपाल झापा अध्यक्ष झुलन रेग्मी, प्रदेश सदस्य राजु पाठक, झापा कोषाध्यक्ष पुष्प खड्का, सह–सचिव प्रकाश उप्रेती, अग्रज पत्रकार आदरणीय दाई लीला बराल, पत्रकार मित्र सुब्रत न्यौपाने, आदरणिय मामा गजेन्द्र पौडेल, प्रेस क्लव अर्जुनधाराका अध्यक्ष कुमार भट्टराई, पत्रकार मित्र अमित खम्बु, नरेश खाती, दशनामी समाज बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीलगायत प्रति हार्दिक आभार तथा धन्यवाद दिन चाहन्छु ।

त्यस्तै घरमा रहँदा घरमै आएर मलाई डे«सिङ गर्ने झापा पोलिक्लिनिकका सञ्चालक तथा मित्र हेमराज चापागाई पनि धन्यवादको पात्र हुनुहुन्छ । त्यसैगरी प्रत्यक्ष, फोन, सामाजिक सञ्चालबाट मेरो स्वास्थ्यप्रति चासो राख्नु हुने तथा स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण अग्रज, आफन्तजन, इष्टमित्र, साथीभाई, पत्रकार मित्रहरु साथै सवैमा हार्दिक आभारसहित धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

साथै मेरो हस्पिटलदेखि घरमा स्यारसुसारमा दिनरात खटिने मेरी जीवन संगीनी रितालाई समेत धन्यवाद ज्ञापन गर्न चाहन्छु । डाक्टरको सल्लाह अनुसार अझै केही दिन घरमै आराम गर्नु पर्नेछ । अनलाइन सञ्चालन गरेको हुँनाले घरैबाट भएपनि पत्रकार मित्रहरु र साथीहरुको सहयोगले अनलाइनमा समाचारहरु पोष्ट गरिरहेको छु । चाँडै नै स्वास्थ्य भएर अझ ससक्त रुपमा आफ्नो पत्रकारिता पेशामा लाग्ने प्रतिवद्धतासमेत ब्यक्त गर्न चाहन्छु ।

सोमबार, १२ बैशाख, २०७९, बिहानको ०८:४८ बजे

सम्बन्धित खवर