प्रदेश १ मा ८ हजार ८ सय ८३ जनाको उम्मेदवारी, प्रमुखमा २४०, अध्यक्षमा २८१ जना उम्मेदवार

  विराटनगर, बैशाख १२ / निर्वाचन आयोगले साँझ ५ बजे सार्वजनिक गरेको विवरण अनुसार प्रदेश १ मा जम्मा उम्मेदवारको संख्या ८ हजार ८ सय ८३ जना पुगेको छ । आयोगका अनुसार प्रदेश १ का १४ जिल्लाको १३७ वटा पालिकामा प्रमुखमा २४०, र अध्यक्षमा २८१ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै उपप्रमुखमा १६१ जना र उपाध्यक्षमा २०२ जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षमा २ हजार १ सय ७०९ जना, महिला सदस्यमा १ हजार ४ सय ४० जना, दलित महिला सदस्यमा १ हजार २ सय ३६ जना र खुल्ला सदस्यमा ३ हजार १ सय १३ जनाले मनोनयन दर्ता गराएका छन् । आयोगका अनुसार सबैभन्दा बढी मोरङमा १७ वटा पालिकामा १ हजार ८ सय ११ जनाले उम्मेदवारी दिएका छन् ।

त्यसबाहेक झापामा १ हजार ४ सय ७५ जना, सुनसरीमा १ हजार १ सय २१ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश १ को सबैभन्दा कम उम्मेदवार हुने जिल्लामा धनकुटा रहेको छ । धनकुटामा जम्मा ३ जनाले मात्रै उम्मेदवारी दर्ता गरेका छन् ।

सोमबार, १२ बैशाख, २०७९, रातीको ०९:०९ बजे

सम्बन्धित खवर