भारतले सम्झौता अनुसार पानी नदिँदा नेपालको जमिन बाँझै

२०७६ बैशाख १२
काठमाडौं । नेपाली किसानले पनि पानी उपयोग गर्न पाउने गरी सम्झौता भए पनि भारतले कोशी र गण्डक आयोजनाबाट नेपाललाई चाहिने बेलामा पानी नदिँदा सुख्खायाममा नेपाली किसानको खेत बाँझै हुने गरेको छ । तर, वर्षायाममा बाँध खोलिदिँदा नेपाली जमिन डुबानमा पर्ने गरेको छ ।

महालेखा परीक्षकको कार्यालयले पनि भारतले सम्झौता अनुसार पानी नदिँदा नेपालको सिँचाइमा अवरोध हुने गरेको आफ्नो ५६औं प्रतिवेदनमा औंल्याएको छ । महालेखाका अनुुसार नेपाल र भारतबीच भएको सम्झौता अनुसार कोशी पश्चिम नहरबाट ७ सय २० क्युसेक र गण्डक पश्चिम नहरबाट ३ सय क्युसेक पानी नेपालले पाउनुपर्ने हो । गण्डक पश्चिम नहरमा असार महिनामा लिएको नाप अनुसार ९२ क्युसेकदेखि २ सय १३ क्युसेक मात्र पानी नेपालले पाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो समय भारतसितकोसम्झौताअनुसार नेपालले पाउनुपर्ने थप सिँचाइ एवं अन्य सुविधा उपलब्ध गराउन नेपाल सरकारले पहल थालेपनि त्यसले सार्थकता पाउन सकेको छैन । कोशी र गण्डक योजनाको कृषि क्षेत्र ४० हजार हेक्टर जमिनमा रहेपनि १५ हजार हेक्टर कृषि क्षेत्र विकास गर्न सकिएको छैन । सम्झौता भएको झन्डै ६ दशकपछि नेपालले थप सिँचाइ र सुविधा माग हुन थालेको हो ।

१९५९ डिसेम्बर ४ मा सिँचाइ तथा पावरसम्बन्धी सम्झौता भएको थियो । सम्झौताअनुसार पश्चिम नेपालको ४० हजार हेक्टर जमिनमा सिँचाइका लागि भारतले नहर तथा अन्य पूर्वाधारहरू बनाइदिने सहमति भएको थियो । तर अहिलेसम्म २६ हजार हेक्टरमा सिँचाइका लागि मात्र नहर तथा अन्य पूर्वाधार भारतले बनाएको छ ।

बिहिबार, १२ बैशाख, २०७६, बिहानको १०:११ बजे

सम्बन्धित खवर