चुलाचुलीको साकफारामा कफीचक्र प्रविधी तालिम सम्पन्न

चुलाचुली/ इलामको चुलाचुली ६ साकफारामा ३ दिने कफीचक्र प्रविधी तालिम सम्पन्न भएको छ ।
घरेलु तथा साना उधोग कार्यालय ईलामको आयोजनामा भएको तालिममा ३० जना कृषकहरुको सहभागीता रहेको थियो । चुलाचुली ६ का महिला सदस्य मिना राईको प्रमुख आतिथ्यतामा भएको तालिमको सहजीकरण कृषि ज्ञानकेन्द्र इलामका अधिकृत गणेश राई र कफी प्राबिधिक कृषक भोजराज श्रेष्ठले संयूक्त रुपमा गरेका थिए ।
प्रमुख अतिथि राईले आफ्नो वार्डमा कफी हुने सम्भावित जग्गामा कफी खेती गराई आत्मानिर्भर बनाउने प्रतिबद्धता जनाएकी थिइन् ।
सोही स्थानका शेरबहादुर तामाङको अध्यक्षतामा नमुना कफी कृषक समूहसमेत गठन भएको छ भने अगुवा कफी कृषक हरिचन्द्र राईले ५०० बिरुवा आज भन्दा ३ वर्ष अगावै कफी खेती शुरु गरि उत्पादन पनि थालेका छन् भने १०० केजी पार्चमेन्ट पनि तयारी गरेका छन् ।
तालिममा सहभागीको तर्फबाट शेरबहादुर तामाङ, राजेन्द्र राई र प्रेमकुमारी राइले जिज्ञासा र सुझाव राखेका थिएभने हरीचन्द्र राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

बुधबार, ११ जेठ, २०७९, साँझको ०६:२६ बजे

सम्बन्धित खवर