संवैधानिक आयोग र न्याय परिषदमा नियुक्ति

काठमाडौं / अध्यादेश मार्फत संवैधानिक परिषदलाई परिमार्जन गरी संवैधानिक आयोगमा आँफु निकटलाई नियुक्त गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईमा फेरि राष्ट्रपति विध्यादेवी भण्डारीले बिहीबार संवैधानिक आयोगमा २० जना र न्याय परिषदमा १ जनालाई नियुक्त गरेकी छन् ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरि पौडेल (बागलुङ) र डा. सुमित्रा श्रेष्ठ (ललितपुर) नियुक्त भएका छन् ।
त्यसैगरी लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) र सदस्यमा माधव बेल्वासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम), दिनेश सिलवाल (ललितपुर) र मञ्जुकुमारी (महोत्तरी) नियुक्त भएका छन् ।

निर्वाचन आयोगको आयुक्तमा सगुन शम्शेर जबरा (रुपन्देही), राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा पाँचथरका विपिनराज निरौला , राष्ट्रिय महिला आयोगको सदस्यमा जया घिमिरे (धनुषा) र सावित्राकुमारी शर्मा (पर्वत) र राष्ट्रिय दलित आयोगको सदस्यमा सुन्दर पुर्कुटी (काठमाडौं) नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमल्सिना (कास्की), सदस्यमा पुष्पराज तिमिल्सिना (पर्वत) र मानप्रसाद खत्री (बझाङ) नियुक्त भएका छन् ।

त्यस्तै आदिवासी जनजाति आयोगको सदस्यमा खोटाङका सुर्यबहादुर गुरुङ, मधेसी आयोगको सदस्यमा आभाकुमारी (सप्तरी), थारु आयोगको सदस्यमा डा. उमाशंकर प्रसाद चौधरी (नवलपरासी) र शान्ति मोदी (मोरङ) नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुशार मुस्लिम आयोगको सदस्यमा मोहम्मद समसुल हक (सर्लाही) नियुक्त भएका छन् भने प्रधानमन्त्रीको सिफारिसमा रामेछाप, खनियापानी–९ का अधिवक्ता रामप्रसाद भण्डारी न्याय परिषद सदस्यमा नियुक्त भएका छन् ।

शुक्रबार, ११ असार, २०७८, बिहानको ०७:५५ बजे

सम्बन्धित खवर