पत्रकार महासंघ झापाले सदस्यता नवीकरणमा क्रियाशीलताको प्रमाण माग्ने

झापा, १० असार /  नेपाल पत्रकार महासंघ झापा शाखाले सदस्यता नवीकरण गर्दा क्रियाशीलताको प्रमाण माग गर्ने भएको छ । महासंघले विधान र सदस्यता नवीकरण सम्बन्धी कार्यविधि, विभिन्न संगठनसँगको सहमति, साधारणसभाको निर्णयका आधारमा क्रियाशीलताको प्रमाण माग्ने निर्णय गरेको हो । सदस्यता नवीकरण गर्दा पारिश्रमिक खुलेको नियुक्ति पत्र, परिचय पत्र र प्रकाशन-प्रसारण भएको न्यूनम् एकप्रति समाचार पेस गर्नु पर्ने भएको छ । महासंघले २०७६ सालको नवीकरण असार मसान्त सम्ममा गरिसक्न सदस्यतालाई आह्वान गरेको छ ।

मङ्गलबार, १० असार, २०७६, बिहानको ०८:३९ बजे

सम्बन्धित खवर