दमकको आस्था कलेज प्रदेशकै उत्कृष्ट

  दमक १० असार / दमकस्थित आस्था कलेज अफ म्यानेजमेण्ट यो वर्ष प्रदेश एकको उत्कृष्ट कलेज घोषणा भएको छ । न्यू विजिनेस एजले काठमाण्डौमा असार ६ गते गरेको कार्यक्रममा आस्था कलेजलाई ‘बेष्ट विजिनेस स्कूल अफ प्रोभिन्स वान’ को उपाधीबाट सम्मान गरेको हो ।

यो सम्मान सँगै आस्था कलेज यो वर्षको प्रदेशकै उत्कृष्ट कलेज घोषित भएको छ । मंगलवार आस्था कलेजले दमकमा पत्रकार सम्मेलन मार्फत यो सार्वजनिक गरेको हो । कलेजका प्रमुख टेकनाथ भण्डारीले देशको उत्कृष्ट ५ कलेज मध्येको एक हुन सफल भएको बताउनु भयो ।

उहाँले देश भरका १८ सय ३४ विविएस कार्यक्रम सञ्चालित कलेजहरु मध्ये वि स्कूल रेटिङ रयााकिङ अवार्ड  B school rating ranking awards. २०१९ को कार्यक्रममा यो कलेज उत्कष्ट ५ भित्र पर्न सफल भएको जानकारी दिनुभयो ।


यो कलेजले स्थापना काल देखि नै गुणस्तरीय र ब्यवहारिक शिक्षामा जोड दिँदै आएको छ । २०६४ सालदेखि सञ्चालनमा आएको यस कलेजले उत्कृष्ट नतिजा दिँदै आएको कलेजले जनाएको हो । कलेजबाट उत्पादन भएका विद्यार्थीहरु उद्यमशिल र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा आबद्ध रहेका छन् ।

मङ्गलबार, १० असार, २०७६, बिहानको १०:५२ बजे

सम्बन्धित खवर