डा शरदचन्द्र प्रकाश राई , नेत्ररोग बिशेषज्ञ
. डाक्टरसाप हामीले सरल भाषामा स्वस्थ्य आँखा भनेको कस्तो भनेर कसरी बुझ्न सक्छौँ होला ?
कुनैपनि भिज्युल एड जस्तै चश्मा, कन्टयक लेन्स प्रयोग नगरिकन देख्नसक्ने ,साथै आँखा सम्बन्धी कुनैपनि रोग नभएको आँखालाईनै स्वास्थ्य आँखा भनिन्छ ।
आम सर्वसाधारणले आँखालाई स्वस्थ्य राख्न कसरी सकिएला ?
सर्व प्रथम त राम्रो खानपान त्यसमापनि हरियो रङ्गको साग सब्जी, पहेँलो रङ्गको फलफूल, अण्डाको पहोलो भागको , भिटामिनयुक्त खानाहरुको सेवनले पनि आँखा स्वास्थ्य राख्न मदत पु¥याउन्छ ।त्यसरिनै घाम हिड्दा सन ग्लासको को प्रयोग गर्ने । समय–समयमा आँखा परिक्षण गराईरहदा अझ राम्रो हुन्छ ।
मूलत आँखामा लाग्ने रोगहरु के के होलान् ?
आँखामा धेरै प्रकारका रोग लाग्न सक्छन् कुनै सामान्य र कुनै अलिक जटिल पनि हुँछन् त्यसमा पनि खास गरि रिर्फेक्टिभ इरर, मोतिया बिन्दु , सुक्खा आँखा , विभिन्न संक्रमण , एलर्जी र जलबिन्दु लगायतका रोगहरु पर्ने गर्छन् ।
आँखामा लाग्ने जटिल रोग र यसका लक्षणहरु के के होलान् ?
टाढा या नजिकको वस्तु राम्रो सँग देख्न नसक्नु
मोतियविन्दु
आँखामा वादल लागेको जस्ता, हुनु दृष्टि क्षमतामा कमि आउनु, धमिलो देख्नु र पढनलेख्न समस्या हुनु
सुक्खा आँखा
आँखा धेरै चिलाउनु पोल्नु आँखा रातो हुनु दृष्टि कम हुनु
जलविन्दु
टाउको दुख्ने, आँखा दुख्ने, देख्ने क्षमतामा कमि, उज्यालो या घाम भएको ठाउँमा इन्द्रधनुष जस्तो रंगिन दुुलो जस्तो आकृति देखिनु यसका लक्षणहरु हुन् ।
डाईबेटिक रेटिनोप्याथी
ध्मिलो देख्नु, रंग राम्रो सँग छुट्याउन नसक्नु, आँखाभित्र कुनै दाग या धर्सो कुदेको जस्तो भान हुनु, दृष्टि क्षमता घट्दै जानु ।
रेटिनल ढीजीज
आँखामा माकुराका जालो जस्तो आकृति देखिनु, दृष्टि क्षमता घट्दै जानु,साइडको वस्तु राम्रो सँग देख्न नसक्नु
रिर्फेक्टिभ इरर पनि जटिल समस्या भित्रै पर्छ । र , हाम्रो आँखामा यस प्रकारका समस्या आयो भने हामीले नेत्र चिकित्सकको परामर्शमा उपचार गर्नु राम्रो हुन्छ साथै नजिकै यस्तो सेवा उपलब्ध हुने अवस्था नभए प्राथमिक उपचारका लागि कुनै चिकित्सकको परमर्शमा तत्कालका लागि उपर्युक्त औषधिको प्रयोग पनि गर्न सकिन्छ ।
स्वस्थ्य आँखाका लागि जनचेतनामूलक कार्यक्रमको कत्तिको आबश्यकता देख्नु हुन्छ ?
एक दमै आवश्यक छ ,जब सम्म समुदायलाई आँखाको स्वास्थ्य तथा सोको हेरचार कसरि गर्ने भन्ने कुराको जानकारि हामी दिन सक्दैनौ तब सम्म आँखा स्वास्थ्यका लागि समुदाय जागरुप हुन सक्दैन त्यस अर्थमा आँखा स्वस्थ्य सम्बन्धी विभिन्न खाले अभिमुखिकरण कर्याक्रमको ठूलो आवश्यकता छ । सरकारी , गैर सरकारी तथा नागरिक समाजको तर्फबाट आँखाको मात्र होइन सिङ्गो मानव स्वास्थ्यका विषयमा जन चेतनामूलक कार्यक्रमको आवाश्यकता छ जस्तो मलाई लाग्छ ।
.नेपाली समाजको कुरा गर्दा हामीले आँखाको उचित हेरचाह र संरक्षणका लागि के कस्ता उपाय अपनाउन सक्दा समग्र समाजलाईनै उज्यालो तर्फ लैजान सक्छौ जस्तो तपाईलाई लाग्छ ?
सर्ब प्रथम त समुदायलाई आँखा स्वास्थ्य बारे जानकार बनाउने नै हो, त्यसको लागि प्रत्यक्ष या अ प्रत्यक्षरुपमा समुदायमा पुगि सचेतना जगाउने । प्रत्यक्ष रुपमा जनचेतनामूलक कार्यक्रम लिएर । अनि अप्रत्यक्षरुपमा रेडियो टि.भि पत्रपत्रिका पोस्टर पम्पलेट जस्ता समाग्री बाट समुदायमा सचेतना जगाउने । यसका अलवा निशुल्क आँखा जाँचशिविर लिएर विधालय तथा समुदायमा चलाउने । सथै नेत्रदान सम्बन्धी कार्यक्रमले यस समजका आँखको महत्वलाई े निकै माथिबाट सचेतना जगाउँदछ ।
.राज्यको तर्फबाट आम नागरिकको आँखा स्वस्थ्य राख्न र सहजै उपचार गर्न के कस्ता कार्यक्रम ल्याउन आबाश्यक छ जस्तो तपाईलाई लाग्छ ?
राज्यले यस्तो धेरै काम गर्न बाकी छ जसबाट नागरिकको आँखा स्व्।स्थ्य राख्न मदत पुगोस् हालसाल मात्रै राज्यले ल्याएको स्वास्थ्य विमा कार्यक्रम त्यस मध्ये एक हो, तर सरकार या सम्बन्धीत निकायल यस्ता कार्यक्रमको लागि अस्पताल छनौट गर्दा पर्याप्त गृहकार्य गरेको पाइदैन । जस्तो कि झापा जिल्ला अन्तरगत मात्र एउटा अस्पताललाई त्यति ठूलो जनसंख्या भौगलिक रुपमा छरिएर बसोबस गरिएको ठाँउमा सम्पूर्ण आँखाको रोगीलाई सेवा लिन जान भन्नु धेरै कोण बाट सहज नहुन सक्छ । यस अर्थमा सरकार या सम्बन्धीत निकायहरुले यदि साच्चै नै आम नगरिकलाई सुविधा दिने उदेश्यबाट ति योजना ल्याएको हो भने अस्पतालको अवस्था र आम नागरिकको सहज पहुँचको विषयलाई पनि मध्यनजर गरेर स्वास्थ्य विमा कार्यक्रम संचालन गरे यो अझ धेरै प्रभावकारी र आमनागरिकका लागि ठूलो राहत बन्न पुग्छ।
डाक्टरसाप कहिले काही स्वास्थ्य संस्था जस्ता महत्वपूर्ण र प्रत्यक्ष नागरिकको स्वास्थ्यसँग सरोकार भएका संस्थाहरु बीच असमझदारी र अस्वस्थ्य प्रतिस्पर्धाका बारेमा पनि समाचार सुन्न र पढ्न पााईन्छ यो विषयलाई तपाईले कसरी हेर्नु भएको छ यो के हामी सबैको हितमा होला र ?
हो स्वास्थ्य सेवा नागरिक सँग प्रत्यक्ष सरोकार राख्ने संस्थाहरुका बीचमा बेला बेलामा असमझदारी देखिनु पक्कै पनि सुखद पक्ष मान्न सकिदैन र यस्तो हुनु हुदैन पनि । तर त्यसमा बुझनु र जान्नै पर्ने कुर के छ भने यसमा राज्यले तय गरेको प्रष्ट नीतिलाई अप व्यख्या गरेर समानान्तर तरिकाको स्वस्थ्य संस्था खोल्न अभिप्रेरित गर्ने हरु तथा संगसंस्था संचालन सम्बन्धी नीति तथा मापदण्ड बारे जानकारनै नभई लगानी गर्नु नै यस प्रकारको असम्झदारीका.जन्म हो जस्तो मलाई लाग्छ । यस विषयमा हामी मेची नेत्रालयलाई कुनै संस्था प्रति कुनै प्रकारको हाम्रो नकारात्मक दुष्टिकोण छैन हाम्रो भनाई त मात्र राज्य संग हो, यदि राज्यले मेची नेत्रालयलाई नीति तथा नियमावलीको अक्षरस पालना गर्न लगाउछ भने अन्य सोही उदेश्य भएको संस्थालाई किन छुट दिन्छ, यो त समान्य नागरिकले राज्य संग गर्न सक्ने प्रश्न हो नि । एउटै प्रकृतिको दुई ओटा संस्था स्थिापना तथा संञ्चनको लागि फरक–फरक तरिकाले नियमावलीको व्यख्या गरि एउटालाई काख अर्कोलाई पाखाको निति रह्यो भने त कही न कही त्यसले गुनासोहरु उब्जाउछ नै । तपाइले नै संञ्चालन गर्नु भएको यो मिडिया हाउसको कुनै न कुनै मापदण्ड तथा नियमाबली त पक्कै होला नि यदि कुनै अमुक संस्थाले यि सबै नियमाबलीको पालना गरि सोझै दर्ता गरेर काम गर्छ भने तपाईले प्रेस काउन्सीलमा मा त्यस विषयमा कुरा उठाउने की नउठाउने? हाम्रो गुनासो र शिकायत कसै सग छैन र गर्न आबाश्यक पनि ठान्दैनौ यति मात्र होकी एउटै उद्देश्य बोकेको एउटा संस्थाले राज्यका सबै नीति नियमको पूर्ण पालना गर्नु पर्ने र अर्कोले गर्नु नपर्ने हाम्रो गुनासो राज्यसँग मात्रै हो ।
.सेवा सुविधा , उपचार , उपचारका लागि त नागरिक आफैले स्वास्थ्य सेवा दिने अस्पताल छनौट गर्न पाउँछ तर यहाँ बसका यात्री ताने झै स्वास्थ्य संस्थाले बिमारी तान्ने गरेको पनि देखिन्छ यसलाई रोक्न के गर्नु पर्ला या यो तानातानलाई पनि प्रतिस्पर्धानै हो भनेर हामीले बुझ्नु पर्ने हो के भन्नु हुन्छ ?
एक दमै सही प्रश्न गर्नु भयो सेवा गा्रहीले स्वास्थ्यमा आफनै विवेकले अस्पताल छान्न पाउनु पर्ने हो, तर त्यसो हुन पाएको छैन, त्यसबाट सबै भन्दा धेरै क्षती हामीलाई भएको छ, मेची नेत्रालय विगत १२ वर्ष देखि सेवा दिदै आएकोे छ । हामीलाई आफ्नोप प्रचार प्रसार अब गरि रहनु पर्ने छैन भन्नै पर्दा अस्पतालको नाम नै सुनेर अस्पताल खोज्दै आउनु हुने नयाँ विरामीहरुको संख्या ठूलो छ तर भई दिन्छ के भने ति नयाँ विरामीहरुलाई मिस गाईड गरेर अन्यत्र लाने प्रयासहरु धेरै हुन्छन , होटल ब्यबसायी बाट पनि सहि मार्गदर्शन हुनु पर्छ जस्तो मलाई लाग्छ हामी त चहान्छौ कि नगर या राज्य जसैले भए पनि एउटा–एउटा आफ्नो अस्पतालको हेल्प डेक्सस्थापना गरि दियोस जहाँ एउटा अस्पतालको धेरैमा २ जना कर्मचारी रही सहजकर्ताको भुमीका निबाह गरोस यो त आजको आज गर्न पनि हामी तयार छौँ ।
. तपाईलेनै स्थापना गर्नु भएको मेची नेत्रालयमा आम नागरिकका लागि के कस्ता उपचार सेवा छन् र के कस्तो सुविधा दिदै आउनु भएको छ?
हाम्रो सेवागा्रही जसरीनै हामी पनि विश्वस्त छौ कि हामीले सर्वशुलभ मूल्यमा उच्चस्तरिय सेवा दिएको छौ । यस लाई सहज पाउन हामी संग रहनु भएको सक्षम मेडिकल तथा नंन मेडिकल टिम अनि हामीले उपचार पद्धतिमा प्रयोग गर्ने उपकरणहरु अनि हाम्रो भौतिक संरचनले पनि सेवागहीलाई हरतरह बाट उच्च स्तरिय सेवा प्रप्ता गर्ने मदत पु¥याएको छ ।
हाम्रोमा हामी जिल्लाबासि जेष्ठ नगरिकलाई तथा १० वर्षदेखि तलका विरामीहरुलाई निशुल्क डा. भिजिट गराउँद छौ । हामीले दुरदराजका नागरिकहरुले सेवा पाउन भनि२ वर्ष देखि बाहुण्डाँगीमा हेल्पपोस्ट मा हरेक विहिवार निशुल्क चेक जाँच गर्दछौ र त्यहाँ बाट आउनु भएको विरामीलाई थप उपचार गर्नु परे विशेष छुटका साथ उपचार गर्दछौँ । त्यसरिनै जिल्ला बासिलाई अपरेशन या अन्य विशेष प्रकारका् उपचार गर्नु पर्ने भए १०% छुटका साथ सेवा दिने गरेका छौँ । यदि कुनै एकदमै विपन्न वर्गको विरामीहरु भएम हामी नगरको सिफारिसमा सम्पूर्ण उपचार निशुल्क गरि पठाउछौँ । विारमी सेवाको लागि हामी दिन चौबिसै घण्ट उपचार सेवा दिन्छौ ।
त्यसरिनै धेरै भन्दा धेरै विरामीले सेवा पाउन भनि यस अस्पतालको स्तोरन्नती गरि निकट भविष्यमा ५०शैयाको बनाउन गइरहेको छौँ त्यसरिनै यस क्षेत्रमा आँखा सम्बन्धीत विभिन्न सोध कार्य समेत गरिरहेको छौँ । स्वास्थ्य बिमाका लागि पनि अस्पताले आफ्नो सम्पूर्ण प्रकृय पुरा गरिसकेको छ । यसका अलवा निकट भविष्यमै आँखा सम्बन्धी कलेज स्थापना गर्ने तयारि यस अस्पतालले गरिरहेको छ ।
. अन्त्यमा एक चिकित्सका नाताले आम नागरिकका लागि आँखाको हेरचाह , संरक्षण र यसको उपचारका लागि कस्तो सल्लाह र सुझाव दिनुहुन्छ ?
स्वास्थ्य खानपान नियमित आँखाको चेकजाँच, डायबिटिज र बि पी भए त्यसमा बिशेष ख्याल गरि समय समयमा आँखाको परिक्षण गर्न जरुरी हुन्छ ।
५ वर्ष देखि कम उमेरका नानीहरु, स्कुल जाने विधार्थीहरु नियमित आँखाको चेक जाँच गर्नु पर्छ ।