योगीको अभिब्यक्ती प्रति सहसंयोजक रन्जित तामाङको टिप्पणी

आषाढ़ १० गते, २०७६ , काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले नेपालको सार्वभौमसत्ताका बिरुद्ध बोल्नेलाई त्यसै नछाड्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा तामाङले लेखेका छन्, (‘भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथको भनाईको घोर भ्रत्सना गर्दछु, आदित्यनाथले नेपाललाई होईन हिदुस्तानलाई हिन्दु राज्य बनाएर देखाए हुन्छ’। ‘हामी नेपालका युवा नौजवानको तर्फबाट चेतावनी दिन चाहन्छौ। नेपालको सार्वभौमसत्ता,भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान र स्वाधीनता बिरुद्ध बोल्नेलाई हामी छाड्दैनौ।’

हिजो मात्रै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका थिए। यहि विषयलाई मध्यनजर गर्दै तामाङले भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री आदित्यनाथको भनाईको घोर भ्रत्सना गरेका हुन्।

मङ्गलबार, १० असार, २०७६, दिउँसोको १२:५३ बजे

सम्बन्धित खवर