टिकटक बनाउने पक्राउ

झापा, ९ श्रावण / राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको विषयमा अश्लिल टिकटक बनाएको आरोप प्रहरीले कांकरभिट्टाबाट एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले साईबर क्राईम मुद्दाका मेचीनगर–बर्मेली टोलका ३८ वर्षीय बिकास घिमिरे भन्ने सोमप्रसाद घिमेरेलाई पक्राउ गरेको साइबर ब्युरो काठमाण्डौंले जनाएको छ ।

पक्राउ परेका घिमिरेलाई प्रहरी प्रधान कार्यालय साइवर ब्यूरो अपराध अनुसन्धान तथा कारबाही शाखा लगिएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर अश्लिल भिडियो बनाउनेहरुलाई ब्यूरोले धमाधम पक्राउ गरिरहेको छ ।

प्रहरी विद्युतीय ऐन अन्र्तगत मुद्धा चलाउने साइबर ब्यूरोले जनाएको छ । उनले प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीको अनैतिक भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेर लाल्छना लगाउने कार्य गरेकोले साइबर ब्यूरोले पक्राउ गरेको हो ।

मानहानी र साईवर क्राईम अन्तर्गत उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय साइवर ब्यूरो अपराध अनुसन्धान तथा कारबाही शाखाले जनाएको छ ।

आइतबार, १० साउन, २०७८, बिहानको ०८:२५ बजे

सम्बन्धित खवर