सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्विकार : ठाकुर समुहको राजनीति नै जोखिममा

बैकल्पिक खवर

सर्वोच्च अदालतले जसपाको महन्थ ठाकुर पक्षले सनाखत रोक्न गरेको मागलाई अस्वीकार गरेको छ । आज सर्वोच्चले निर्वाचन आयोगको जनता समाजवादी पार्टीको कार्यकारिणी समितिका पदाधिकारीलाई भौतिक उपस्थित गराएर सनाखत गर्ने आदेश रोक्न माग गर्दै अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमाथी सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले ठाकुरको मागलाई अस्विकार गर्दै दुवै पक्षलाई छलफलका लागि साउन १५ गते बोलाएको छ । सर्वोच्चले ठाकुरको सो माग लाई अस्विकार गरेसंगै जसपाको ठाकुर समूह अफ्ट्यारोमा परेको छ । अदालतको यो निर्णयले ठाकुर समुहभित्र पर्ख र हेरको स्थितिमा रहेका प्रत्यक्ष निर्वाचित साम्सद र केही केन्द्रिय कार्यकारिणी समितीका सदस्यहरु जसपाको सस्थापन समुह तर्फ खुल्ने तयारी गर्न थालेका छन । ठाकुर समुहमा रहेका मनिष सुमन , राजकिशोर यादव लगायतका नेताहरु भट्टराई – यादव समुहमा खुल्ने तयारीमा रहेको बुझिएको छ । त्यस्तै शरद सिंह भण्डारी लगायतका केही नेताहरुपनि नेता महेन्द्र राय यादव मार्फत कित्ता परिवर्तनको छलफलमा रहेको बुझिएको छ ।                   

जसपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले भोलि ११ साउनमा कार्यकारिणी समितिका ५१ जनालाई डाकेर सनाखत गराएर निर्णय गर्दैछ । त्यसैले सर्वोच्चमा आज हुने निर्णयलाई महत्वका साथ हेरिएको थियो । निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले ८ साउनमा रिट दर्ता गरेको थियो । सर्वोच्च अदालतले ठाकुरको माग बमोजिमको आदेश नदिएपछि यो समुहको राजनीतिक भबिस्य नै अन्योलमा परेको छ । पछिल्लो राजनीतिक घटनाक्रम र ओलीको सत्ता बहिर्गमन संगै ठाकुर पक्षलाई आफ्नो समूह बचाउन सकस भएको छ । अहिलेको परिस्थितिमा ठाकुर समुहले दल बिभाजनका लागि आवस्यक पर्ने ४० प्रतिशत संख्या पुर्याउन पनि नसक्ने देखिएको छ ।

आइतबार, १० साउन, २०७८, साँझको ०६:१७ बजे

सम्बन्धित खवर