आफ्नो शरीरमा मट्टीतेल खन्याएर आगो

   विराटनगर / आफ्नो शरीरमाथि मट्टीतेल खन्याएर आगो लगाउँदा एक महिलाको मृत्यु भएको छ।

विराटनगर ९ बस्ने अन्दाजी ६५ वर्षीया अमराउ देवी कोठारीले आज आफ्नै शरीरमा मट्टीतेल खन्याएर आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आफ्नै घरको बैठक कोठामा जलेर मृत्यु भएको भन्ने खबर आएपछि वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी टोली खटिएका थिए।

आफ्नो शरीरमा के कारणले आगो लगाइन् भन्ने विषयमा अनुसन्धान भईरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए। ‘आफैँ शरीरमा मट्टीतेल खन्याएर आगो लगाएको भन्ने छ’, उनले भने, ‘तर, कुन कारणले हो भन्ने अनुसन्धान भइरहेको छ।’

सोमबार, ०९ साउन, २०७९, बिहानको ०७:११ बजे

सम्बन्धित खवर