शिक्षा सुधार अभियानका नाममा इटहरीमा भएका गतिविधि रोक्न माग : सामुदायिक बिद्यालयहरु द्वारा गम्भीर ध्यानाकर्षण

   इटहरी /  इटहरीका ७ वटा सामुदायिक विद्यालयहरुले विद्यालय तथा विद्यालयका प्रधानाध्यापकहरुलाई अनावश्यक तनाव दिँदै आएको भन्दै अभियानको वैधतामा प्रश्न गरेको छ । साथै वार्ताको वातावरण मिलाउन उपमहानगरपालिकालाई निवेदन दिएको छ ।
इटहरीका सामुदायिक विद्यालयको अनुगमन गर्दै शिक्षा सुधार अभियान नामक समुह विभिन्न सामुदायिक विद्यालयहरुमा पुगिरहेको छ । त्यहाँ शिक्षक नियुक्ति, शिक्षक हाजिरी, छात्रवृत्ती, खाजा खर्च, व्यवस्थापन समिति गठन जस्ता विषयमा तथ्यांक माग गरिरहेको छ । समुहले इटहरीका विभिन्न सामुदायिक विद्यालयहरुको तथ्यांक माग्न थालेपछि सामुदायिक विद्यालयहरुले भने शैक्षिक वातावरणमा खलल पुगेको भन्दै आपत्ती जनाएको छ ।
इटहरीका सामुदायिक विद्यालयको भलो नचाहने व्यक्तिहरुले गैरकानुनीरुपमा रुपमा सामुदायिक विद्यालयहरुलाई हतोत्साहित पार्ने उद्देश्यले विद्यालयमाथि प्रहार गरिरहेको आरोप लगाउँदै सामुदायिक विद्यालयहरुको छविमा आँच पुर्याउने कार्य भएको र सामाजिक सञ्जालमा समेत विद्यालयहरुको कुप्रचार भएको आरोप लगाएका छन् ।
यसरी निवेदन दिने विद्यालयहरुमा जनता मावि इटहरी, महेन्द्र मावि, शहीद स्मृति आवासिय मावि, जनसहयोग मावि, पकली मावि, लक्ष्मी मावि, शान्ती सृजना मावि रहेका छन् । ‘ती व्यक्तिहरु को हुन् ? कस्ता प्रकृतिका हुन् ? उनीहरुले विद्यालयको प्रशासनिक कागजात माग गर्न मिल्ने हो वा होइन ? सुधार अभियान संस्था वा व्यक्ति के हो ? भन्ने सन्दर्भमा हामी अनभिज्ञ छौं,’ विज्ञप्तीमा भनिएको छ ।
यता जनता माविले लगभग सोही व्यहोराको छुट्टै निवेदन पनि दिएको छ । निवेदनमा आफूहरुले नियमित लेखा परिक्षण गरिरहेको, छात्रवृत्ति, विभिन्न खेलकुद प्रतियोगिताहरु नियमित गरिरहेको र अविभावकहरुसँग अन्तरकृया समेत गरिरहेकोमा शिक्षा सुधार अभियानले विद्यालयको छविमा आँच पुर्याउने काम गरेको भन्दै कानुन बमोजिम कारवाही गर्नसमेत माग गरेको छ ।
सामुदायिक विद्यालयहरुको क्रेज बढेको साथै सामुदायीक विद्यालयहरुमा गुणस्तरीय पढाई भईरहेको र निजि बोर्डिङ्गहरुको विद्यार्थी आएकोले बोडिङ्ग स्कुलहरुले रिस पोख्न समेत उक्त अभियानको साहारा लिएको सामुदायीक विद्यालयहरुले जनाएका छन् अहिले इटहरीमा सामुदायिक बिद्यालयलाइ हतोत्साह गर्ने हिसाबले अभियानको नाममा आतंक मच्चाएको बिधालयहरुले जनाएका छन् ।
सो विषयमा प्रधानाध्यापकहरुको  विज्ञाप्ति जारी गरेर संवादबाट समस्याको समाधान खोज्न इटहरी उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

सोमबार, ०९ साउन, २०७९, दिउँसोको ०४:११ बजे

सम्बन्धित खवर