माधव नेपाललाई २० प्रतिशत सांसद पुर्याउन कठिन, आफ्नाले साथ छोडे, पार्टी संकटमा

९ भाद्र  / अध्यादेशको प्रावधानमा एकै पटक दर्ता गर्नुपर्ने भएका कारण माधवकुमार नेपालले २० प्रतिशत सांसद पुर्‍याउन असफल भएका छन्।  एमालेबाट विभाजित भएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी आज निर्वाचन आयोगमा दर्ता हुँदैछ । एमालेका ५८ जना केन्द्रीय सदस्य र ३१ जना संघीय संसदका सदस्यको नाम उल्लेख गर्दै २ गते नेपालको अध्यक्षतामा एकीकृत समाजवादी निर्माणका लागि आयोगमा आवेदन दिएका छन्।

आयोगले पार्टी विभाजनका लागि भदौ २ गते निवेदनमा हस्ताक्षरसहित नाम बुझाउनेलाई सनाखतका लागि गर्नुपर्ने सबै तयारी पुरा भएको आयोगले जनाएको छ।

एमाले केन्द्रीय सदस्यमध्ये ७ जनाले हस्ताक्षर नगरेको र सांसदतर्फ पनि दुईजनाले हस्ताक्षर नगरी नाम मात्रै नेपालको पक्षमा उल्लेख गरिएको छ । उनीहरु बुधबारको सनाखतमा सहभागी नगराइने आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए।

त्यतिबेला दर्ता गरिएकाहरुको मात्रै बुधबार सनाखत गराउने भएपछि माधव नेपाललाई तनाव बढेको छ । नाम मात्रै उल्लेख भएका र पछि आयोगमा निवेदन दिएका केन्द्रीय सदस्य एवं सांसदहरुलाई सनाखतमा सहभागि नगराउने निर्णय गरेको हो।

नपुग्ने भो २० प्रतिशत सांसद
अध्यादेशको प्रावधानमा एकै पटक दर्ता गर्नुपर्ने भएका कारण माधवकुमार नेपालले २० प्रतिशत सांसद पुर्‍याउन असफल भएका छन्। नेपाललाई एमाले फुटाउन संसदीय दलतर्फ ३१ जना सांसदको खाँचो छ । दिल्लीमा उपचाररत झलनाथ खनाल र अर्का एक सांसद हस्ताक्षर आयोगमा पुग्न नसकेको हो। केन्द्रीय कमिटीतर्फ भने आवश्यक ४१ जना केन्द्रीय सदस्य आवश्यक परेकोमा ५५ जनाको हस्ताक्षर स्वीकृत भइसकेको छ। उनीहरुले बुधबार आयोगमा स-शरीर उपस्थित भएर सनाखत गर्नेछन्।

मंगलबार सोमप्रसाद पाण्डे, सावित्री भट्टसहितका चार जना सांसदहरू सनाखत गर्न गए पनि शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेशमा ‘एकैपटक निवेदन पेश गर्नुपर्नेछ’ भन्ने उल्लेख गरिएकाले नमिलेको आयोगका एक उच्च अधिकारीले जानकारी दिए।

आयोगले भने कानुनभन्दा बाहिर गएर काम गर्न नसक्ने व्यहोरा दुवै नेतालाई जानकारी गराएको छ। नयाँ पार्टी दर्ताका लागि एमालेका कम्तीमा २० प्रतिशत सांसद वा २० प्रतिशत केन्द्रीय सदस्य बुधबार आयोगमा उपस्थित भएर सनाखत गर्नु पर्नेछ।
आयोग बुधबार पनि आफ्नो अडानमा कायम रहेमा नयाँ पार्टी गठन गर्नका लागि आवश्यक सांसद संख्या पुग्ने छैन। तर एमालेका ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरिसकेकाले उनीहरू बुधबार आयोगमा उपस्थित भएर सनाखत गरेको खण्डमा एमाले (एकीकृत समाजवादी) औपचारिक रूपमा दर्ता हुनेछ।

आयोगमा पठाइएको निवेदनमा नेता झलनाथ खनालको पनि नाम छ तर निवेदनमा हस्ताक्षर नभएकोले आयोगले सनाखत गरेको छैन। उनले पनि दिल्लीबाट आगामी सोमबार मात्रै आउने भएकाले आयोगमा सनाखत गर्न नपाउने भएका छन्।

दल विभाजनसम्बन्धी अध्यादेशमा पार्टीको संसदीय दल वा केन्द्रीय कमिटी मध्ये कुनै एकमा २० प्रतिशत पुर्‍याउनुपर्ने प्रावधान छ। उक्त प्रावधानअनुसार संसदीय दलमा २० प्रतिशत नपुगे पनि केन्द्रीय कमिटीमा भने पुग्ने भएकोले नेपालले नयाँ पार्टी दर्ताको लागि दिएको निवेदन प्रमाणीकरण हुने र नयाँ दलको मान्यता पाउने देखिन्छ।
निर्वाचन आयोगमा एमालेका २०३ जना केन्द्रीय सदस्यको नाम दर्ता छ। नेकपा (एकीकृत समाजवादी) दर्ता हुन तीमध्ये २० प्रतिशत, अर्थात् ४१ जनाले आज आयोगमा उपस्थित भएर सनाखत गर्नु पर्नेछ।

नयाँ पार्टी दर्ता भएपछि खनाल, पाण्डे, भट्ट, ज्ञवाली सहितका अरू सांसदहरू या त एमालेमै रहनु पर्नेछ वा उनीहरूले सांसद पद त्याग्ने खतरा मोलेर नयाँ पार्टीमा संलग्न हुने सक्नेछन्।

बुधबार, ०९ भदौ, २०७८, बिहानको ०८:४७ बजे

सम्बन्धित खवर