एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चार महिनाभित्र एकता हुने

बैकल्पिक खवर

एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्र बीच आगामी ४ महिना भित्र पार्टी एकता हुने भएको छ । एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफूहरुले गठन गरेको पार्टी र माओवादी केन्द्रको बीचमा आगामी चार महिना भित्री एकता गर्ने गरि गृहकार्य भैरहेको बताएका छन ।

नेता चौधरीले देशकै सबैभन्दा ठूलो पार्टी निर्माणको तयारी भैरजेको बताएका छन । आज निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहर संग कुरा गर्दै सो कुरा बताएका हुन । उनले नेकपा माओवादी केन्द्रलगायतका कम्युनिष्ट घटकसँग पार्टी एकता गर्ने छलफल भैरहेको बताए । उनले केपी ओलि नेतृत्वको एमालेसँग भने कुनै सहकार्य नहुने बताए ।             

उनले भने, ‘हामी चार महिनापछि यो मुलुकको सबैभन्दा ठूलो पार्टी बन्दैछौं ।’ कसरी ठूलो पार्टी बन्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले वामएकताको आधार देखाए ।

‘हामीले माओवादी केन्द्र, जनमोर्चादेखि विप्लव, मोहन वैद्यलगायतका पार्टीसँग एकताको प्रक्रिया अगाडि बढाइसकेका छौं । त्यो चाँडै सम्पन्न हुन्छ’ उनले भने ।

एमालेमा केपी ओलीको नेतृत्व छउञ्जेल कुनै प्रकारको सहकार्य नहुने चौधरीको भनाइ छ ।

बुधबार, ०९ भदौ, २०७८, दिउँसोको ०२:४४ बजे

सम्बन्धित खवर