माधव नेपाल पक्षमा ३१ सांसद र ६३ केन्द्रीय सदस्य

९ भदौ, काठमाडौं /     प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेताहरु सनाखतका लागि चन्द्रागिरिबाट निर्वाचन आयोग पुगेका छन्।

अध्यक्ष माधवकुमार नेपालसहित सांसद तथा केन्द्रीय सदस्यहरु दल दर्ताको सनाखतका लागि निर्वाचन आयोग पुगेका हुन्। माधव नेपालको पक्षमा ३१ सांसद र ६३ केन्द्रीय सदस्य खुलेको सो पक्षका नेताहरुले दाबी गरेका छन् ।

गत सोमबारदेखि चन्द्रागिरिमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक चलेको थियो।

निर्वाचन आयोगले बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म सनाखतका लागि समय निर्धारण गरेको छ। दल दर्ताका लागि आवेदन दिएको समयमा हस्ताक्षर गरेका नेताहरुको मात्र सनाखत हुने आयोगले जनाएको छ।

नाम मात्रै उल्लेख भएका र पछि आयोगमा निवेदन दिएका केन्द्रीय सदस्य एवं सांसदहरुलाई सनाखतमा सहभागी नगराउने निर्णय आयोगले गरेको हो।

आयोगले दुबै पार्टीका सांसद र केन्द्रीय सदस्यको लाइन फरक(फरक राख्ने व्यवस्था गरेको छ। प्रस्तावित नेकपा(एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्यहरुको सनाखत स्थल र संघीय संसद सदस्यहरुको सनाखत स्थल भनेर छुट्टाछुट्टै लाइनको व्यवस्था मिलाइएको छ।

बुधबार, ०९ भदौ, २०७८, दिउँसोको ०३:३६ बजे

सम्बन्धित खवर