पदको निम्ति हानथाप होइन खुबी र क्षमता बढाउनुस ः माधव नेपाल

काठमाडौं, ९ असोज/   नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै जिल्लामा पाँचदलीय गठबन्धन निर्माण गरिने बताएका छन् ।
उनले पार्टीका कार्यकर्तालाई मेहनत र उत्पादनमुखी बन्न पनि निर्देशन दिए। ‘खेतीमा लागेपनि हुन्छ। सहकारीमा लागेपनि हुन्छ। तपाईहरु उद्यमशिल बन्नुहोस्, उनले भने।’
उनले पार्टीमा सीप, नैतिकताको शिक्षा दिइने र स्कुल प्रणालीको विकास गरिने बताए। नेपालले भने,‘पदको निम्ति हानथाप होइन। खुबी र क्षमता बढाउनुस। प्रतिष्पर्धालाई हामी प्रोत्साहन दिन चाहन्छौं।’
उनले पार्टीका कार्यकर्तालाई मेहनत र उत्पादनमुखी बन्न निर्देशन दिए। उनले भने, ‘खेतीमा लागेपनि हुन्छ। सहकारीमा लागेपनि हुन्छ। तपाईहरु उद्यमशिल बन्नुहोस।’

शनिबार, ०९ असोज, २०७८, साँझको ०६:२५ बजे

सम्बन्धित खवर