लेटाङ/   मोरङको लेटाङ – कानेपोखरी सडक खण्डको दुवै तर्फ उम्रिएका झारपात, बोटविरुवा, झाडी तथा फोहोरमैला सरसफाई गरिएको छ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज शनिबार ८ गते सडकको दायाँ बायाँ मुख्य सडकलाई असर हुने गरी उम्रिएका झारपात, बोट बिरुवा र फोहोरहरु सरसफाई गरिएको हो।

उक्त सरसफाई कार्यक्रममा ईलाका प्रहरी कार्यालय, लेटाङ्गका प्रमुख प्रहरी निरीक्षक विकास थपलियाको कमाण्डमा खटिएको ११ जना प्रहरी टोली ,पुर्वी पृतना तालिम शिक्षालय लेटाङका प्रमुख सेनानी धन राना मगरको कमाण्डमा ७५ जना, लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लावती र उपप्रमुख कृष्ण कुमारी पोख्रेल समेतको उपस्थिति रहेको थियो।

सोहि अवसरमा लेटाङ नपा वडा नं ३ का वडाध्यक्ष डम्बर राई र ४ नं. वडाका वडा अध्यक्ष राम कुमार श्रेष्ठ लगायत जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु र स्थानियवासीहरुको उपस्थितिमा लेटाङ – कानेपोखरी सडक खण्डको दुवै तर्फ असर हुने गरी रहेको झारपात, बोट बिरुवा तथा फोहोरहरु सरसफाई गरिएको ईप्रका लेटाङ्गले जनाएको छ ।

Facebook Comments Box