संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको सात वर्षपछि प्रदेश एक सरकारका स्वास्थमन्त्री जयराम यादवले आफ्नो कार्यलय बाट रास्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइएका छन । मन्त्री यादवले आफ्नो कार्यलयमा प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री राजेन्द्र राइको फोटो राखेका हुन । सामाजिक संजाल फेसबुकमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको फोटो सहितको कार्यकक्षको फोटो सार्वजनिक गर्दै मन्त्री यादवले संघीयताको मर्म र भावनालाई मध्यनजर गर्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीको फोटा राखिएको जनाएका छ्न ।

मन्त्री यादवले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यु र माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईज्यूको तस्वीर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो । पहिचान सहितको–संघीय अभिवादन !’

बैकल्पिक खबर संग कुरा गर्दै मन्त्री यादवले संघीयताको मर्म र मान्यतालाई स्थापित गर्न आफूले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको फोटो राखेको बताए ।                                                         

‘अब एकात्मक व्यवस्था रहेन । मुलुक संघीयतामा गइसक्यो । त्यसैले हाम्रो व्यवहार र क्रियाकलाप पनि त्यहीअनुरुप हुनुपर्यो,’ उनले भने । उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटोको सट्टा प्रदेश प्रमुख र मुख्यमन्त्रीको फोटो राखेकोमा आफूलाई फोन र सामाजिक सञ्जालमार्फत् धेरैले धन्यवाद दिन थालेको बताए । यादव जसपा प्रदेश सभाका संसदिय दलका नेता हुन । प्रदेश सरकारमा गठबन्धन बाट स्वास्थमन्त्री बनेका यादब , जसपाका प्रभावशाली नेता मानिन्छन्

Facebook Comments Box