आस्था कलेजमा रक्तदान सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न

दमक ४ स्थित आस्था कलेजका विद्यार्थीहरुलाई लक्षित गर्दै दमकमा क्रियासील सामाजिक संस्था जीवन चक्र समाजले आज रक्तदान सम्बन्धी सचेतनामुलक अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ
हिजो कलेजको परीसरमा आयोजीत कार्यक्रममा उक्त कलेजमा अध्ययनरत सय बढी विद्यार्थीहरुलाई रक्तदानको महत्वसंगै सडक दुर्घटना रोकथामका लागि सर्वसाधारणले अपनाउन सकिने सावधानीका बारेमा अनुशिक्षण सञ्चालन गरिएको समाजका अध्यक्ष गणेश प्रसाद गौतमले जानकारी दिए ।
समाजका सदस्य बेनुराज प्रसाईको संयोजकत्वमा भएको सो अनुशिक्षण कार्यक्रममा अध्यक्ष गौतम, संयोजक प्रसाईसहित पत्रकार टिकाराम उप्रेती , रक्तसञ्चार सेवा केन्द्रका सिद्धार्थ दाहाल लगायतले नियमित रक्तदान गर्दाका फाइदा र सडक दुर्घटना न्यूनीकरणका बारेमा आधारभूत सहजीकरण गरेका थिए । क्याम्पस प्रमुख टेकनाथ भण्डारीको प्रमुख आतिथ्यमा भएका सो कार्यक्रममा बिद्यार्थीहरुले रक्तदान तथा सडक दुर्घटनामा सावधानीका बारेमा विभिन्न जिज्ञासाहरु राखेका थिए ।

बुधबार, ०८ असोज, २०७६, बिहानको १०:३८ बजे

सम्बन्धित खवर