समाजवादी पार्टी झापाको समायोजन सम्पन्न अध्यक्षमा राइ सचिवमा पौडेल

 

नया शक्ति पार्टी नेपाल र संघिय समाजवादी फोरम बिच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएसंगै प्रदेश जिल्ला र स्थानिय तहमा दुवै पार्टी समायोजन हुने प्रक्रिया तिव्ररुपमा चलिरहेको छ । यसै शलिशिलामा झापा जिल्लाको समायोजन सम्पन्न भएको छ ।

 

हिजो बिर्तामोड स्थीत अतिथी सदनमा सम्पन्न भएको घोषणा सभामा दुृवै पार्टीलाइ समायोजन गरी ९९ सदश्य रहेको समाजवादी पार्टीको जिल्ला समीति घोषण भएको हो ।  समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राइको पमुख आतिथ्यता र केन्दिय उपाध्यक्ष युबराज कार्की ,केन्द्रिय उपमहासचिव डम्बर खतिवडाको बिशेष आतिथ्यतामा सम्पन्न उक्त घोषणासभाले दिपेन वाला राइको अध्यक्षतामा ७ सदस्यीय पदाधिकारी तथा ९९ जनाको जिल्ला समिति घोषणा गरेको हो । नवगठित समितिको पधादीकारीहरुका प्रथम उपाध्यक्ष बिर बहादुर श्रेष्ठ, उपाध्यक्षमा शिवन सोराली मगर र संगिता रौनियार रहेका छन । त्यस्तैगरी सचिव पुष्प प्रसाद पौडेल, सह सचिव अर्जुन कुमार राइ र कोषध्यक्षमा राजु खड्का सर्बसम्मत चयन भएका छन ।

साबिक दुवै पार्टीका अध्यक्षहरुको संयक्त अध्यक्षतामा सम्पन्न भएको सो घोषणासभामा वरष्ठि नेता राइ उपाध्यक्ष कार्की र उप माहासचिव खतिवडाले नवगठित समितीलाइ सुभकामनम सहितको प्रशिक्षणमुलक मन्तव्य राखेका थिए भने केन्द्रिय सदस्य उमेश कुमार थापाले नवगठित पधादीकारी र समितिको नाम घोषणा गरेका थिए । साबिक संघिय साजवादी फोरमका सचिव शिवन सोराली मगरले संचालन गरेको कार्यक्रमलाई अध्यक्ष बिर बहादुर श्रेष्ठले समापन गरेका थिए ।

 

बुधबार, ०८ असोज, २०७६, बिहानको ११:४५ बजे

सम्बन्धित खवर