बिर्तामोड / प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका गद्दारहरुले अरु पार्टीसँग मिलेर सरकार ढालेको आरोप लगाएका छन् ।
बिर्तामोडको सिटी सेन्टरमा  आयोजित बृहत पाार्टी प्रवेश कार्यक्रममा बोल्दै निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलील माधव नेपाललाई गद्दार भन्दै अन्य पार्टीसँग मिलेर सरकार ढालेको आरोप लगाए ।

‘अबको चुनावमा पुष्पकमल दाहाल (प्रचण्ड) ले जितेर देखाउन’ अध्यक्ष ओलीले भने–‘ माधवकुमार नेपालले चुनाव जित्ने होइन सामानुपातिकमा बस्छन् । नेपालबाहेक अरुलाई पार्टीमा आउन आग्रह गरे । नेपाललाई एमाले पार्टीमा अब ठाउँ छैन ।’

ओलीले लोकतन्त्र चाहाने अन्य सबै कम्युनिष्टहरुलाई एमालेमा आउन समेत आग्रह गरे ।

राष्ट्रिय हितका विषयमा अनुचित सम्झौता नगर्ने जिकिर गर्दै ओलीले प्रतिक्रियावादी शक्तिहरु मिलेर साढे तीन वर्षमा वामपन्थी सरकार ढालेको स्मरण गराउदै उनले तीन महिनामा बल्ल मन्त्रिमण्डलले पूूर्णता पाएको भन्दै सरकारको कार्यशैलीको विरोध गरेका थिए ।

अन्य पार्टी परित्याग गरेर आएका करिव ५ हजार नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष ओलीले ठिक समयमा पार्टी छनौट गर्नु भएको भन्दै देश र जनताको हितामा काम गर्न निर्देशन दिएका थिए । कार्यक्रममा एमालेका नेता एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्बाङले देशैभरि एमालेमा जनता उर्लिएको दावी गरे ।

‘जनता र संसदले सरकार ढालेको होइन’, नेता नेम्बाङले भने– ‘अलालतले सरकारबाट हटायो ।’ नाका बन्दी, चुचे नक्सा लगायतका धेरै काम अध्यक्ष ओलीको नेतृत्वमा सम्भव भएको छ ।’

उनका अनुसार १०० दिन मध्ये ८८ दिनमा बल्ल सरकारले पूर्णता पाएको छ । सरकारले अहिलेसम्म एउटा पनि राम्रो काम गर्न नसकेको दावी गर्दै नेम्बाङले देश र जनताको हितमा कुनै काम गर्न नसक्ने जिकीर गरे ।

‘झापामा एमाले जुरुक उठेको छ’, नेता नेम्बाङले भने–‘पार्टी प्रवेशको लहर देखेर पनि अन्य पार्टीमा भुईचालोको पराकम्पन गएको छ । उनीहरु हल्लिरहेका छन् ।’

कार्यक्रममा एमालेका स्थायी कमिटीका सदस्य एवम् पूर्वमन्त्री लेखराज भट्ट, बीएण्डसीका सञ्चालक दुर्गा प्रसाई, संविधान सभा सदस्य प्रेम गिरी, अमृतलाल राजबंशी, एमाले झापाका अध्यक्ष चिन्तन पाठक, उपसचिव चन्द्रा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comments Box