विराटनगर / मोरङको क्षेत्र नं. ४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार मोदीले ३० हजार ६१२ मतका साथ बाजी मारेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता विनोद ढकालले २४ हजार ४६३ मत मात्रै ल्याएका छन् । तेस्रो भएका राप्रपाका रवि रजिलाले ७ हजार ४ सय ६८ मत पाए । क्षेत्र नं. ४ मा १ लाख १० हजार ९३ मतदाता मध्ये ७४ हजार ७४४ मत खसेको थियो । ६ हजार १४९ हजार मतअन्तरले मोदीले जित निकालेका हुन । यो संगै मोदी तेस्रो पटक संसदको ढोका खोल्न सफल भएका छन् । मोदीले यसअघि मोरङ क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ संसदीय चुनाव लडिसकेका छन् । २०७४ मा क्षेत्र नं.४ बाट उम्मेदवार बनेका मोदी विजयी भए । त्यस बेला उनले काँग्रेसका नेता महेश आचार्यलाई ६ हजार ७ सय २९ मतले पराजित गर्दै संसद् यात्रा तय गरेका थिए ।
त्यसेबाल मोदीले ३३ हजार ५ सय २९ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका आचार्यले २६ हजार ८ सय मत पाएका थिए ।
संविधानसभा सदस्य निर्वाचन २०७० मा समानुपातिक सभासदमा चयन भए । मोदीले सत्ता गठबन्धनमा यसपटक बाजी मारे । यससँगै मोदीको प्रत्यक्षतर्फ संसदीय चुनावमा दोस्रोे जित भएको छ । उनी तेस्रो पटक सांसद चुनिएका छन् ।

को हुन मोदी ?
माओवादी आन्दोलनबाट उदाएका अमनलाल मोदीले अहिलेसम्म पराजयको स्वाद चाखेका छैनन् । ०७० सालको संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिक तर्फबाट निर्वाचित भएका मोदी ०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेद्वार बनेका थिए । काँग्रेसको दबदबा रहेको ठाउँमा बाम गठबन्धनबाट उम्मेद्वार बनेका मोदी त्यही काँग्रेस भित्रको अन्तरविरोधमा खेल्न सफल भए भने थारु समूदायको बाहुल्य रहेको सो क्षेत्रमा उनी सहजै विजयी बनेका थिए ।

बावु पवनलाल र आमा वालोदेवी मोदीको कोखबाट २०४२ असोज ५ गते जन्म भएको हो । ३७ वर्षीय मोदी स्नातकसम्म अध्ययन गरेका छन् ।
२०५६ सालमा अखिल क्रान्तिकारीको इकाई सदस्यदेखि विद्यार्थीबाट राजनीति प्रराम्भ गरेका हुन् । अनेरास्ववियु (क्रान्तिकारी)को मोरङ जिल्ला अध्यक्षसम्म भए । एमालेबाट राजनीति सुरुवात गर्दै २०५३ सालदेखि तत्कालीन नेकपा (माओवादी) मा आबद्ध भए । २०५८ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य पनि भए । उनले माओवादीको जिल्ला र केन्द्र तहमा विभिन्न संगठनमा रहेर जिम्मेवारी निर्वाह गरेका छन् ।
संविधानसभा सदस्य निर्वाचन २०७० मा समानुपातिक सभासदमा चयन भए । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा मोरङ क्षेत्र नम्बर ४ बाट मोदी निर्वाचित भए ।
२०६० सालमा पक्राउ परी दुई वर्ष ३ महिना जेल जीवन बिताएका छन् । राजनीतिक आन्दोलनका क्रममा पटक–पटक हिरासतमा बसेका छन् ।

Facebook Comments Box