विराटनगर / मोरङको क्षेत्र ४(२) बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार पराजुलीले ११ हजार ४७९ मतका साथ बाजी मारेका छन् ।

उनका प्रतिस्पर्धी प्रदेश १ का पुर्व सामाजिक विकास मन्त्री तथा नेकपा एमालेका नेता जीवन घिमिरेले ९ हजार ६ सय ९१ मत मात्रै ल्याएका छन् । तेस्रो भएका राप्रपाका माधव प्रसाद आचार्यले ६ हजार ९३५ मत पाए ।

१ हजार ७८८ मतअन्तरले पराजुलीले जित निकालेका हुन । यो जितसँगे संगै पराजुलीले प्रदेशसभामा संसदको ढोका खोल्न सफल भएका छन् । पराजुली विराटनगर महानगरपालिका पुर्व मेयर पनि हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एमाले नेता विनोद ढकालालई हराउँदै विराटनगर महानगरपालिको मेयरमा निर्वाचत भएका थिए । त्यस बेला उनले एमाले नेता ढकाललाई ५ हजार ५१० बढी मत प्राप्त गरे मेयर भएका थिए । त्यबेला पराजुलीले २३,०३१ मत प्राप्त गरे भनें ढकालले १७,३२१ मत पाएका थिए ।

को हुन भीम पराजुली ?
भीम पराजुलीले अहिलेसम्म पराजयको स्वाद चाखेका छैनन् । विद्यार्थी संगठनबाट राजनैतिक आरम्भ गरेका पराजुली नेविसंघको अध्यक्ष भए । त्यो यात्रालाई उनले क्याम्पसमा पुग्दा थप सशक्त बनाए । महेन्द्र मोरङ क्याम्पसको इकाई समिति सचिवदेखि सोही क्याम्पसको सभापति उम्मेद्वार उठेर प्यानललै विजयी गराएका पराजुलीको राजनीतिक छवी निकै प्रभावशाली छ ।

२०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा प्रहरी हिरासतमा परेका उनी जति हठी छन् उत्ति नै सामाजिक र मिलनसार पनि छन् । पराजुली नयाँ पुस्ता मात्रै होइन अघिल्लो पुस्ताका लागि पनि रुचाइएका नेता हुन् । नेपाली काँग्रेसको नगर सभापतिमा दोस्रोपटक निर्वाचित उनी यो पदमा अत्याधिक मतले विजयी भएका थिए । नेपाली काँग्रेसको राजनीतिमा रहेका पराजुली प्रभावशाली स्थानीय नेताका रुपमा जनता माझचिनिएका छन् ।

पराजुली राजनीतिक रुपमा मात्रै नभएर दर्जन बढी सामाजिक संघसंस्थामा पनि संलग्न छन् । २०६२/ ६३ को जनआन्दोलनमा अग्र मोर्चामा उभिएका पराजुली करिब साढे तीन महिना जेल परेका थिए । राजधानी केन्द्रित आन्दोलनमा उनी पटकपटक धरपकडमा परेका थिए ।

२०३१ चैत २० गतेका बुवा स्व.तुलसी पराजुली र आमा तुलसीमाया पराजुलीको कोखबाट जन्मिएका भीम पराजुली नेपाली कांग्रेसका सशक्त युवा नेता रुपमा चिनिदै आएका छन् ।

Facebook Comments Box