पर्यटकीय गन्तब्य बन्दै सुन्दरहरैचा

मोरङ,१३ माघ/ मोरङको शुन्दरहरैंचा नगरपालिका–२ पुरानो कराईवना चोक अहिले नमुना चोक हुदै हिमाली चोकमा परिणत भएको छ ।इटहरीवाट सलकपुर तर्फको यात्रा अघि वढेपछि चिउरा मिल चोक आउँछ ।

मृगौलियाको नमुना चोक साँचिकै नमुना छ । यहाँ पुग्ने जोकोही पनि एक छिन् रोकिएर सेल्फी खिच्न छुटाउँदैनन् ।
त्यही चिउरा मिल चोकवाट करीव ५ किलोमिटर दक्षिण तर्फ नमुना चोक पुगिन्छ ।

उत्तर तर्फ राजमार्ग निस्कने सडक, दक्षिण तर्फ वुद्ध चोक, पश्चिम तर्फ मृगौलिया बजार जाने सडक र पुर्व तर्फ हरैंचा बजार जाने सडकको चौवाटोमा रहेको यो पार्क निक्कै लोभलाग्दो छ ।

मङ्गलबार, १३ माघ, २०७७, दिउँसोको १२:५८ बजे

सम्बन्धित खवर