दमकका श्रष्टा पुरस्कृत

 दमक/ दमक प्रज्ञा प्रतिष्ठानले दमकका विभिन्न विधाका श्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । शनिवार प्रतिष्ठानको चौथो स्थापना दिवसको अवसर पारेर दमकमा आयोजित समारोहकाविच सम्मान गरेको हो ।
प्रतिष्ठानले एकैसाथ ६ वटा पुरस्कार वितरण गरेको छ । प्रतिष्ठानले फरक फरक विधामा पुरस्कार वितरण गरेको प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले जानकारी दिए । पुरस्कारहरुमा दमक प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कार प्रा.डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी रु ५१ हजार रहेको छ ।
यस्तै २१ हजार राशीको दमक प्रज्ञा संस्कृति पुरस्कार डा. सोमबहादुर धिमाललाई , रु २१ हजारकै दमक प्रज्ञा मातृभाषा सहित्य पुरस्कार रचना लावतीलाई, रु. २१ हजारकै दमक प्रज्ञा कला साधना पुरस्कार चन्द्रा गड्तौलालाई, २१ हजार रुपैँया नै रहेको दमक प्रज्ञा विज्ञान तथा प्रविधी पुरस्कार जसहाङ्ग लिम्बुलाई प्रदान गरिएको हो । यसैगरी १५ हजार रुपैँया रहेको दमक प्रज्ञा बाल साहित्य पुरस्कार सेलीया श्रेष्ठलाई प्रदान गरिएको छ । कार्यक्रममा अध्यक्ष अधिकारीले बार्षिक कार्यक्रमको जानकारी समेत गराएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङ रहेका थिएभने कार्यक्रममा भाषाविध टंक न्यौपाने, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिना लगायत स्थानीय साहित्य क्षेत्रका सर्जकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न संस्कृतिका झाँकीनाच र साहित्य कला संगम दमकका कलाकारहरुले मनोरञ्जन दिएका थिए । यसैविच दमक पुस्तकालयको समुद्घाटन गरिएको छ भने विभिन्न श्रष्टाहरुका पुस्तक विमोचनसमेत गरिएको छ ।

 

शनिबार, १४ फागुन, २०७८, दिउँसोको ०१:५८ बजे

सम्बन्धित खवर