दमकको मेयरमा जसपाको तर्फबाट बाट बिष्टको उम्मेद्बारी

बैकल्पिक खवर

जसपा ( जनता समाजवादी पार्टी) नेपाल दमक नगर समितीले आसन्न निर्वाचनका लागी युवा नेता पवन बिष्टलाई उम्मेद्बार बनाएको छ । गठबन्धनमा भएको छलफलमा कुनै निशकर्श ननिस्किए पछि पार्टीले बिष्टलाई उम्मेद्बार जसपाले जनाएको छ । बिष्टको नेतृत्वमा चुनावमा जाने निर्णय गर्दै जसपाले हिजो मनोनयन दर्ता गरेको हो।

मुख्य पदहरु सबै राप्रपा , कांग्रेस र माओवादीले मिलेर लिएपछि गठबन्धनमा रहेका अन्य दलहरु असन्तुष्ट बनेका थिए । पटक पटकको छलफलमा कुनै सहमति नजुटे पछि एकल उम्मेद्बारी दिनुपरेको जसपा नगर सचिब सुनिल राई ले बताए ।                                                                         
दमकमा जसपाले बिष्ट सहित विभिन्न वडामा सदस्यहरु समेत उठाएको छ । अन्य सानादलहरु समेतको उम्मेद्बारी लाई मध्यनजर गर्दै उम्मेद्बारी दिएको जसपाले जनाएको छ।

जसपाले उमेदवार बनाएका बिस्ट पार्टीका प्रदेश समिती सदस्य तथा समाजवादी युवा संघका प्रदेश १ का मुख्य सचिव हुन । दमकमा युवा सर्कलमाझ लोकप्रिय बिष्टको उम्मेद्बारी लाई महत्त्वका साथ हेरिएको छ ।

मङ्गलबार, १३ बैशाख, २०७९, बिहानको ०९:१४ बजे

सम्बन्धित खवर