प्रदेश एकमा ५ हजार बढीको कोरोना परीक्षण

दमक / प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबार सम्ममा प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले जनाकारि दिएको छ । द्रूत परीक्षण विधि (आरडीटी) बाट शनिबारसम्म जम्मा ४ हजार २ सय ९८ जनाको परीक्षण भएको छ । त्यस्तै ल्याबमा स्वाब लगेर परीक्षण गरिने विधि पीसीआरबाट ९ सय १४ जनाको कोरोना परीक्षणमा भएको छ । सनिवार सम्मको जानकारि अनुसर प्रदेश १ मा ३० जनालाई कोरोना संक्रमण भएको छ । भने प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या १ हजार २ सय ४ जना पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३१ जना छन् ।

आइतबार, १४ बैशाख, २०७७, बिहानको ०७:४४ बजे

सम्बन्धित खवर