कमलको गाउँसभा सम्पन्न : २०७८/७९ को बजेटसर्वसम्मतिले पारित , उत्कृष्ट कर्मचारी तथा शिक्षकलाई सम्मान तथा केही विधेयकहरुमा संसोधन

बैकल्पिक खवर

उत्कृष्ट कर्मचारी र शिक्षकलाई सम्मान गर्नुका साथै विभिन्न विधेयेक पास गर्दै कमल गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न भएको छ । सो गाउँसभा हिजो सम्पन्न भएको हो । गत असर ९ गतेदेखि सुरु भएको उक्त गाउँसभा हिजो सम्पन्न भएको जनाइएको छ । गाउँसभाले विभिन्न योजना र निति सहित आगामी आर्थिक बर्ष २०७८/७९ का लागि रु ७१ करोड ५९ लाख ९३ हजार रुपैया को बजेट पारित गरेको छ । गाउँपालिकाले पारित गरेको बजेटमा चालु र पूंजीगत खर्च हाराहारीमा रहेको छ ।                                                         
नवौं गाउसभाको अन्तिम तथा तेश्रो दिन गाउँपालिकाले आफ्नो माताहत रहेका उत्कृष्ट कर्मचारी र शिक्षकहरु लाई सम्मान गरेको छ । आगामी कार्यसम्पादनमा सहज हुने बिश्वासका साथ सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । साथै गाउँपालिकाले विभिन्न विधेयकहरु समेत पारित गरेको छ । गाउँपालिकाको दैनिक कार्यसंचालन देखि महत्त्वपूर्ण योजना कार्यन्वयनका लागि भन्दै बिपद न्यूनीकरण सम्बन्धि र न्यायिक समिती सम्बन्धि केही बिधेयक संसोधन सहित पारित गरेको छ ।

पुरस्कृत हुने कर्मचारीहरु मध्ये उत्कृष्ट कर्मचारी तर्फ योजना शाखाका अधिकृत रामचन्द्र गजुरेल लाई पालिकाले सम्मान गरेको छ । गजुरेल लाई नगद २० हजार रुपैयाँ सहितसम्मान पत्रबाट गरिएको हो ।त्यस्तै अ सम्मानित हुने अन्य कर्मचारीहरुमा तोपगाछी स्वास्थ्य चौकीका ल्याव असिन्टेन गिता न्यौपाने , सहायक महिला विकास निरिक्षक रेनुका गौतम , वडा नम्वर २ का वडा सचिव देविप्रसाद फुएल , वडा नम्वर ५ का कार्यरत कार्यलय सहयोगी अनतिा ताजपुरीया रहेका छन । उनीहरुलाई जनही १० हजार रुपैया र सम्मान पत्र द्वारा पुरस्कृत गरिएको प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए।

त्यस्तै गरि शिक्षकहरु तर्फ महेन्द्र रत्न माध्यमिक विद्यालय कमल २ मा कार्यरत शिक्षक प्रदिप राई, कमला मदन आश्रीत स्मृति माध्यमिक विद्यालय कमल २ मा कार्यरत शिक्षक पुस्ता राई , र वालविकास केन्द्र अन्तर्गत ज्योति आधारभुत विद्यालय कमल ४ मा कार्यरत विमला सापकोटा र मंगलमय माध्यमिक विद्यालय कमल ५ मा कार्यरत संचिता राजवंशी लाई सम्मान गरिएको छ ।उनीहरुलाई जनही १० हजार रुपैया र सम्मान पत्र द्वारा सम्मान गरिएको प्रमुख प्रशाशकिय अधिकृत श्रेष्ठले बताए।
सभाले नीति तथा कार्यक्रम र बजेट का साथै बजेट, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधयेक, न्यायिक समिति कार्य विधि संशोधन विधयेक. न्यायिक समितिको प्रतिवेदन, समसामयिक महत्वको विषयहरु पास गरेको छ परित गरेको छ । यसका साथै सिन्धुपाल्चोकको मेलम्ची र हेलेम्बुमा गएको प्राकृतिक विपदमा परेका मानिसहरुका लागी सहयोगका लागि गाउँपालिका तर्फबाट एक लाख रुपैया सहयोग गर्ने निर्णय समेत सभाले पारित गरेको छ ।

शनिबार, १२ असार, २०७८, बिहानको ०६:५५ बजे

सम्बन्धित खवर