गौरीगञ्जमा यो पटक पनि घाटा बजेट

बैकल्पिक खवर

झापाको गौरीगञ्ज गाउँपालिकाले नवौं गाउँ सभामार्फत् आर्थिक वर्ष २०७८÷०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको सभाहलमा संचालन गरिएको बजेट नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७८÷०७९ को लागि ४६ करोड ३४ लाख ७४ हजार ३ सय ७० रुपैयाँको कुल बजेट सार्वजनिक गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उपाध्यक्ष थपाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा १ करोड ५८ लाख ७५ हजार ६ सय ३० रुपैयाँ घाटा बजेट प्रस्तुत गरेका छन् । गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत राजु दाहाल, सहित जनप्रतिनिधिहरु, शाखा कार्यालयका प्रमुख तथा कर्मचारीहरुको सहभागिता थियो ।
गाउँपालिकाले गत आर्थिक वर्ष २०७७÷७८मा ३ करोड ७९लाख ३६ हजार ८ सय ८० रुपैयाँको घाटा बजेट प्रस्तुत गरेको थियो । गत वर्ष आर्थिक वर्ष २०७७ ÷०७८ का लागि गाउँपालिकाको अनुमानित आय ४२ करोड ७२ लाख १३ हजार १ सय २० रुपैयाँ र ४६ करोड ५१ हजार ५० लाख रुपैयाँको अनुमानित व्यय निस्केपछि घाटा बजेट प्रस्तुत भएको थियो । गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ को लागि आर्थिक विकास अन्तर्गत कृषि विकास कार्यक्रममा ७५ लाख, पशु विकासमा ३५ लाख, पर्यटन विकासमा ५० लाख, सहकारी तथा वित्तिय क्षेत्रमा ५ लाख रुपैयाँ विनियोज गरेको छ भने शिक्षामा १ करोड, युवा तथा खेलकुदमा २० लाख, स्वास्थ्यमा १ करोड १० लाख, सस्कृति प्रबद्र्वनमा २८ लाख रुपैयाँ छुट्याइएको छ ।
त्यसैगरी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम अन्तर्गत महिला विकासमा १० लाख, बालबालिका शिर्षकमा ५ लाख, ज्येष्ठ नागरिकमा ४ लाख रुपैयाँ, अपांगता ४ लाख, दलित शिर्षकमा ४ लाख, आदिवासी जनजाति शिर्षकमा ५ लाख, मधेशी मुस्लिम पिछडा वर्ग शिर्षकमा ४ लाख छुट्याएको छ । पूर्वाधार विकास अन्तर्गत सिंचाई संरचना निर्माणमा १५ लाख, सडक तथा पुल कल्भर्टमा २ करोड २५ लाख, भवन निर्माणमा १ करोड २५ लाख, सहरी विकास ५० लाख, विपन्न आवासमा ५० लाख, विद्युत विस्तारमा १९ लाख, नविकरणीय उर्जामा ५ लाख रुपैयाँ छुट्टाइएको छ भने वन वातावरण तथा विपद् व्यवस्थापनमा ५३ लाख, सुशासन तथा संस्थागत क्षमता विकास शिर्षकमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शनिबार, १२ असार, २०७८, बिहानको १०:५६ बजे

सम्बन्धित खवर